गुल्मी कांग्रेसका प्रथम सभापति ज्ञवालीको निधन

नेपाली कांग्रेस गुल्मीका प्रथम सभापति भागवत ज्ञवालीको अल्सर रोगबाट निधन भएको छ ।

विगत केही समयदेखि उनी सो रोगबाट पीडित हुँदै आएका थिए । पूर्व सांसद समेत रहेका उनको उपचारका क्रममा मंगलवार बिहान ललितपुरको अल्का अस्पतालमा निधन भएको हो । 


Advertisement

विक्रम संवत् २००१ कात्तिक १ गते गुल्मीमा जन्मिएका उनी २०४८ सालको निर्वाचनमा सोही जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

नेपाली कांग्रेसले गुल्मीका अग्रज, निष्ठावान् एवं अभिभाव ज्ञवालीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा महत्त्वपूर्ण क्षति पुगेको जनाएको छ ।


Advertisement

पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार शोक वक्तव्य जारी गर्दै ज्ञवालीको निधनले आफूलाई दुःखित र स्तब्ध बनाएको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्