राष्ट्रिय सभाद्वारा शोक प्रस्ताव पारित

फाइल फोटो

राष्ट्रिय सभाले पूर्व सांसद भागवत ज्ञवालीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

मंगलवारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित १ मिनेट मौनधारण समेत गरिएको छ । 


Advertisement

पूर्व सांसद ज्ञवाली विक्रम संवत् २०४८ सालको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट गुल्मी जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस गुल्मीका प्रथम जिल्ला सभापति ज्ञवालीको ७५ वर्षको उमेरमा मंगलवार बिहान ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा अल्सर रोगबाट निधन भएको थियो ।


Advertisement

कमेन्ट गर्नुहोस्