बक्स अफिसमा राम्रो प्रदर्शन गर्न असफल 'लभ आजकल'

भ्यालेन्टाइन्स डेको दिन सार्वजनिक भएको हिन्दी फिल्म लभ आजकलले सोमवारसम्म आइपुग्दा ठीकठाक मात्र व्यापार गरेको छ । 

कार्तिक आर्यन र सारा अली खानको फिल्मले ओपनिङ त निकै राम्रो गरेको थियो तर रिलीज भएको चौथो दिन सोमवारसम्म आउँदा यसको कलेक्सन गतिलो छैन । 


Advertisement

समीक्षक र दर्शकहरूले फिल्ममा मिश्रित प्रतिक्रिया दिएका छन् । 

पहिलो दिन लगभग ११.७५ करोड भारुको व्यापार गरेको फिल्मले सोमवार जम्मा दुई करोड कमाउन सक्यो । फिल्मको कुल व्यापार २७.५० करोड भारु पुगेको छ । 


Advertisement

फिल्मले पहिलो हप्ता ३२ देखि ३३ करोडको व्यापार गर्न सक्ने अनुमान छ । 

यो फिल्मभन्दा अघि आएको मलंगले बरू यसभन्दा बढी कमाइ गरेको छ । 

शुक्रवार आयुष्मान खुरानाको शुभ मंगल ज्यादा सावधान नामक फिल्म रिलीज हुँदैछ । त्यसले लभ आजकलको कमाइलाई झनै ध्वस्त पार्ने ट्रेड एनालिस्टहरूले बताएका छन् । 


 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्