कानून निर्माण गर्दैमा विधायकको जिम्मेवारी पूरा हुँदैनः अध्यक्ष तिमिल्सिना

फाइल फोटो

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कानून बनाउँदैमा विधायकका जिम्मेवारी समाप्त नहुने बताएका छन् ।

राष्ट्रिय सभा, सङ्घीय संसद् विधायन व्यवस्थापन समितिले प्रकाशन गरेको ‘विधि निर्माणदेखि कार्यान्वयन परीक्षण मापनसम्म’ नामको पुस्तिका विमोचन गर्दै उनले सांसदले ऐनको कार्यान्वयन भए/नभएको तथा अनुगमन एवं औचित्यता र महत्वका बारेमा समेत जनतालाई जानकारी गराउनुपर्ने बताए ।


Advertisement

अध्यक्ष तिमल्सिनाले निर्वाचनका समयमा प्रतिनिधिले जनतासामु विधायकको मुख्य काम कानूनको निर्माण तथा कार्यान्वयन हो भन्ने बुझाउन नसक्दा  निर्दाेषी पनि दोषी सावित हुन सक्ने विचार राखे ।

पचास पृष्ठको उक्त पुस्तकमा नेपालको कानूनी इतिहास, संवैधानिक विकासक्रम, संविधानले अवलम्बन गरेको संसदीय प्रणाली र संसद्को स्वरुप, प्रतिनिधि र राष्ट्रियसभा, संसद्को समिति प्रणाली, संसद्मा क्रियाशील विभिन्न समिति, कानून निर्माण प्रक्रियाका झलक, ऐन कार्यान्वयन मापनसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासलगायत विषय समेटिएका छन् । 


Advertisement

कार्यक्रममा कानून आयोगका अध्यक्ष माधव पौडेलले कानून निर्माणभन्दा कार्यान्वयनको विषय महत्वपूर्ण हुने बताउँदै विधायकले अनगिन्ती  कानून निर्माण गरेको तर कानूनको औचित्यता, महत्व र प्राथमिकता जनतालाई बुझाउन नसकेको विचार राखे ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा खिमलाल देवकोटाले कानूनको लेखापरीक्षण हुनुपर्ने जिकिर गरे ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्