×

NMB BANK
NIC ASIA

चल्लामा १२ करोडको लुट, एक महिनामा चारपटक मूल्यवृद्धि

फागुन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ह्याचरी उद्योग संघले चल्ला उत्पादनमा सिन्डिकेट लागू गरी सातामै १२ करोड २५ लाख लुटेको छ। संघले एक महिनामा चारपटक मूल्य बढाएर एक साताभित्र उक्त रकम नाफा लिएको हो।

Sagarmatha Cement
Muktinath Bank

यस हिसाबले संघमा आबद्ध उद्योगले किसानबाट मासिक ४९ करोड रुपैयाँ नाफा लिएका छन्। संघले माघ १८ गते ब्रोइलरतर्फको प्रतिगोटा चल्लाको मूल्य ७० रुपैयाँ तोकेको छ। कुखुरापालक किसानले प्रतिगोटा ७५ रुपैयाँमा खरिद गरिरहेका छन्। माघ १० मा संघले चल्लाको मूल्य ४० रुपैयाँ तोकेको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघमा आबद्ध तीन सय आठ ह्याचरी उद्योगबाट एक सातामा ३५ लाख चल्ला उत्पादन हुन्छ। यसलाई ४० रुपैयाँका दरले बिक्री गर्दा १४ करोड रुपैयाँ आम्दानी हुन्छ। तर संघले सिन्डिकेट कायम गरी ७५ रुपैयाँ मूल्य तोकेर किसानबाट एक सातामा सवा १२ करोड रुपैयाँ असुल गरेको राष्ट्रिय कुखुरा पालक संघर्ष समितिको आरोप छ।


Advertisment
Nabil box
Kumari

ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेल भने संघले चल्लाको बिक्री मूल्य नतोकेको दाबी गर्छन्। संघले चल्ला उत्पादक उद्योगलाई ७० रुपैयाँ घटीमा बिक्री नगर्न धम्की दिएको छ। पोखरेलले ५५ देखि ६५ रुपैयाँमा चल्ला बिक्री भइरहेको दाबी गरे। ‘संघले चल्लाको मूल्य तोक्दैन’, उनले भने, ‘चल्ला उत्पादक उद्योगले लागत मूल्यअनुसार मूल्य तोक्ने गरेका छन्। हामीले यही मूल्यमा चल्ला बिक्री गर्न दबाब दिएका छैनौं।’

Vianet communication
Laxmi Bank

संघले चल्लाको मूल्य माघ ११ मा दोस्रो पटक प्रतिगोटा ५० रुपैयाँ र माघ १४ मा तेस्रो पटक प्रतिगोटा ६० रुपैयाँ तोकेको थियो।

राष्ट्रिय कुखुरा पालक संघर्ष समितिका अध्यक्ष विष्णु खड्काका अनुसार देशभर ७५ रुपैयाँभन्दा कम मूल्यमा चल्ला खरिद गर्न पाइँदैन। सोही चल्ला दाङमा ९० र पोखरामा ८० रुपैयाँ पर्छ। ‘सिन्डिकेट नभएको भए ४० देखि ४५ को हाराहारीमा चल्ला खरिद गर्न पाउनुपर्ने हो’, खड्काले भने, ‘तर ह्याचरी संघ, दाना उद्योग संघ र पोल्ट्री व्यवसायी महासंघको मिलेमतोमा प्रतिचल्ला ७५ मा पुगिरहेका छन्।’

समितिका अनुसार एउटा चल्लाको लागत मूल्य ३५ रुपैयाँ मात्रै पर्छ। खड्काले दाना उत्पादक उद्योग संघ, ह्याचरी उद्योग संघ र पोल्ट्री व्यवसायी महासंघको मिलेमतोमा साना किसानलाई विस्थापित गराउने खेल सुरु भएको आरोप लगाए।

एक महिनामै एकलौटी रूपमा चारपटकसम्म मूल्य वृद्धि हुँदा पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग चुप लागेर बस्नुले मिलेमतो पुष्टि हुने खड्काले बताए। ‘दलाल उद्योगीको संरक्षण गरी किसानमाथि दाना र चल्लामा गरिएको चर्को मूल्यवृद्धिका कारण उद्योगीलाई मालिक र किसानलाई दास बनाउने खेलमा विभागले समर्थन गरेको छ’, खड्काले भने।

तीनवटै संस्थाको मिलेमतोमा चल्ला र मासुमा सिन्डिकेट गरी कालोबजारी र कार्टेलिङ गरिएको विषयमा माघ २० गते नै कुखुरापालक किसानले विभागमा लिखित उजुरी दिएका थिए। तर हालसम्म विभागबाट कुनै कारबाही नगरिएको नुवाकोटका कुखुरापालक रामशरण श्रेष्ठले बताए।

यही विषयमा पीडित किसानले राष्ट्रिय कुखुरा पालक संघर्ष समिति गठन गरी मंगलबार पुनः विभागमा ध्यानाकर्षणपत्र बुझाएका छन्। समितिले कालोबजारी र कार्टेलिङ गर्ने तीनवटै संस्था खारेज गर्न माग गरेको छ।

दोलखाका कुखुरापालक किसान निकेश कार्की अनुसार ह्याचरी संघले कारबाहीमा गर्ने डरले चल्लाको मूल्य उल्लेख नगरी बिक्री बिल किसानलाई उपलब्ध गराउँदै आएका छन्। ‘चल्ला उत्पादन उद्योगले केही समयदेखि बिलमा चल्लाको मूल्य उल्लेख नगरी कुल मूल्य मात्रै राखेर हामीलाई दिने गरेको छ’, कार्कीले भने।

धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, भक्तपुर र ललितपुरका किसानले विभागसमक्ष आफ्नो समस्या राखेका थिए। यसअघि पनि ह्याचरी संघको सिन्डिकेट नभएको होइन। संघले चल्ला र मासुको मूल्यवृद्धि गरी अत्यधिक लाभ लिन गत मंसिर २९ देखि पुस ८ गतेसम्म साताव्यापी ‘चिक्स होलिडे’ गरेको थियो। जसअन्तर्गत १५ करोड मूल्यबराबरका ३० लाख जिउँदो चल्ला र ४५ करोड मूल्यको चल्ला निस्कने अण्डा नष्ट गरिएको थियो। त्यसपछि मासु र चल्लाको मूल्य अत्यधिक वृद्धि भएको थियो। यो विषयमा सरोकारवाला कृषि तथा पशुपन्छी मन्त्रालय र बजार नियमन गर्ने विभाग मौन छन्।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उद्योगीसँग विभागले मिलोमतो नगरेको दाबी गरे। उनले भने, ‘बिल र प्रमाण उपलब्ध भए हामी तत्काल कारबाही गर्छौं।’  अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x