×

NMB BANK
NIC ASIA

बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिने चर्चाका सम्बन्धमा प्रचण्डले खोले मुख

फागुन ७, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रदेश ५ का पश्चिमी दुई जिल्ला बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिने चर्चाका सम्बन्धमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुख खोलेका छन् ।

Muktinath Bank

पार्टीको प्रदेश भेला/बैठकका लागि सुर्खेत पुगेका प्रचण्डले बुधवार त्यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै जनताको चाहनाअनुसार प्रदेशको सीमांकनमा परिमार्जन हुनसक्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तपाईंले बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिने कुरा गर्नुभएको रहेछ भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने– 'अहिले प्रदेशको भूगोल, बनावटजस्तो छ त्यो सधैं त्यस्तै रहन्छ भन्ने कुराको ग्यारेन्टी संविधानले गर्ने कुरा भएन, गरेको पनि छैन । जनताको चाहनाअनुसार त्यसमा परिमार्जन हुनसक्छ भनेको हो । अहिले भर्खर बाँके–बर्दिया यता आइहाल्छन् भनेको होइन ।'


Advertisment
Nabil box
Kumari

केही समयअघि नेकपा सचिवालय बैठकमा प्रचण्डले प्रदेशको सीमाङ्कन हेरफेरको विषयलाई प्रवेश गराएको कुरा सार्वजनिक भएको थियो ।

Vianet communication
Laxmi Bank

प्रचण्डले त्यसलाई प्रसंगवश् निस्किएको विषय भने । 'प्रदेशको केन्द्र तोक्ने सन्दर्भ, नाम तोक्ने सन्दर्भमा यो कुरा विभिन्न प्रश्नहरूमा उठ्ने गरेका छन् । मैले प्रसंगवश् कुरा राखेको हो, बहस नै उठाउन आँटेको होइन,' उनले थपे ।

प्रदेश ५ को राजधानी बुटवल कायम रहने सम्भावना बढेपछि बाँके र बर्दियालाई कर्णालीमा मिसाउनुपर्ने आवाज ती जिल्लाहरूमा पनि उठ्न थालेको छ ।

बुधवार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डका अलावा वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेता जनार्दन शर्मा प्रभाकर पनि सहभागी थिए ।

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x