×

NMB BANK
NIC ASIA

पर्यटन गन्तव्यले निरन्तरता पायो

फागुन ७, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

गत वर्षबाट रुकुमपूर्वमा शुरु भएको पर्यटन गन्तव्य कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश नं ५  सरकारले जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत पर्यटन गन्तव्य निर्माणको काम गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यालयले जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको केन्द्र तकसेरालाई केन्द्र मानेर पर्यटन गन्तव्यको विकास गर्ने कामको थालनी गरेको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

यस कार्यक्रम कार्यान्वयनका लागि गत वर्ष रु एक करोड बजेट विनियोज गरिएको थियो । कार्यक्रम कार्यान्वयन गर्नका लागि यस वर्ष पनि त्यत्ति नै बजेट छुट्याइएको उनले बताए।

Vianet communication
Laxmi Bank

उनका अनुसार गत वर्षको बजेटबाट पुथाउत्तरगङ्गा गाउँपालिका–१३ को विर्गुमगाउँमा उद्यान निर्माण, स्वागतद्वार, विर्गुमको टावरसम्म पदमार्ग निर्माण गरिएको छ । यसैगरी विर्गुम पोखरी संरक्षणका लागि पर्खाल लगाइएको छ भने भ्यूटावर निर्माणको काम पनि थालिएको छ । 

यस वर्ष यस कार्यक्रमबाट तकसेरामा सामुदायिक पाहुनाघर र सङ्ग्रहालय निर्माण गरिने छ । भूमे गाउँपालिकासहित पुथाउत्तरगङ्गा गाउँपालिकाका सबै वडालाई यस कार्यक्रमसँग जोडेर बृहत पर्यटन गन्तव्य बनाई पर्यटन क्षेत्रको विकास गर्ने प्रदेश सरकारको उद्देश्य रहेको जनाइएको  छ ।

यस कार्यक्रमका लागि क्रमिकरूपमा बजेट छुट्याएर त्यस क्षेत्रलाई पूर्ण पर्यटन गन्तव्य बनाउने प्रदेश सरकारको योजना रहेको छ । 

प्रदेश नं ५ को एकमात्र हिमाली जिल्ला रुकुमपूर्व प्राकृतिक र सांस्कृतिक रूपले धनी मानिने जिल्ला हो । जिल्लावासीको जीवनशैली नै अन्य जिल्लाका मानिसका लागि नौलो लाग्ने गर्दछ ।

हिमाल, पहाड र तराई सबै ठाउँको मिश्रणबाट बनेको रुकुमपूर्वमा विभिन्न किसिमका हिमाल, तालतलैया, नदी, हिमताल, हिमनदी, बहुमूल्य जडीबुटी पाइने गर्दछन् । त्यसैगरी जनयुद्धको उद्गमस्थलका रुपमा चिनिने यस जिल्लामा युद्ध पर्यटनको सम्भाव्यता उत्तिकै छ । 

पछिल्लो समयमा गुरिल्ला पर्यटनको पनि विकास भइरहेको भूमे गाउँपालिकाले जनाएको छ । पछिल्लो चरणमा रुकुमपूर्वमा आन्तररिक पर्यटक मात्र नभई बाह्य पर्यटक पनि भित्रिरहेको पर्यटन सूचना केन्द्र रुकुमपूर्वले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x