सुत्दाखेरी सिरानीमुनि राख्नुस् कागती, हुनेछन् यस्ता फाइदा

कागतीका अनेकौं चिकित्सकीय गुण हुन् । त्यसको सुगन्धले तपाईंलाई ताजा अनुभव गराउँछ । 

कागतीको एक टुक्रा आफ्नो ओछ्यानमा राख्दा मात्र पनि शरीर र मनलाई अद्भुत फाइदा पुग्छ । कागतीको एक टुक्रामा नून छरेर सिरानीमा राख्नुस् । यसका जादूयी फाइदा देखिनेछन् । 


Advertisement

बन्द नाक खोल्छ
कागतीको सुगन्धले तरोताजा बनाउँछ र यसमा भएको एन्टी ब्याक्टेरियलले रुघाखोकी हटाउँछ । नाक बन्द छ भने ओछ्यानको छेउमा काटिएको कागती राख्नुस् । त्यसले तपाईं भरपूर निद्रा पनि दिलाउँछ । 

तनाव हटाउँछ 
कागतीको सुगन्धले तनावबाट पनि मुक्त बनाउँछ । यसले इन्द्रियहरूलाई आराम दिन्छ । धेरै थकित अनुभव गरिरहनुभएको छ र तनावमा हुनुहुन्छ भने कागतीको एक टुक्राले त्यसलाई भगाइदिन्छ । 


Advertisement

झिँगा र लामखुट्टे भगाउँछ
झिँगा र लामखुट्टेलाई कागतीको सुगन्ध मन पर्दैन । कागतीमा कीरा प्रतिकारक गुण हुन्छ । गर्मीमा लामखुट्टेले ट्वाँ गरेर निद्रा बिथोल्छ । त्यसबाट बच्न ओछ्यान नजिक कागतीको टुक्रा राख्नुस् । 

अनिद्रा भगाउँछ
निद्रा लागेन भने अनेकथरी समस्या आउन थाल्छन् । तपाईंलाई अनिद्राको समस्या छ भने तकियाको छेउमा कागती राख्नुस्, राम्रो निद्रा लाग्छ । 

रक्तचाप घटाउँछ
तनाव र भागदौडका कारण केही मानिसलाई उच्च रक्तचापको समस्या आइलाग्छ । यस्तो हुँदा कागतीको एक टुक्रा सुत्दाखेरी आफ्नो छेउमा राख्दा रक्तचाप कम हुन्छ । 

बिहान हुन्छ ताजा
कागतीको सुगन्धले शरीरमा सेरोटोनिनको स्तर बढाउँछ । सेरोटोनिनले राम्रो निद्रा ल्याउँछ । राम्रो निद्रा लागेमा बिहान ताजा भइहाल्छ । 

हावाको गुणस्तर बढाउँछ
कोठाको हावा शुद्ध भएमा रोग लाग्दैन । हावा शुद्ध बनाउन कागतीको टुक्रा उपयोग गर्नुस् । एक टुक्रा मात्र पनि कोठामा राख्दा हावाको गुणस्तर सुध्रिन्छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्