कात्तिक १९, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
धनुषाको सबैला नगरपालिका–२ मा फागुन ६ गते मंगलवार फरक दृश्य देखियो । ४ जना महिला बुवाको शव काँधमा बोकेर भक्कानिँदै थिए । अघिअघि उनकी आमा, पछिपछि ४ जना दिदीबहिनीले काँधमा शव उठाएर मसानघाट गइरहेको दृश्य थियो त्यो ।
पछिपछि गाउँसमाजका अन्य व्यक्ति पनि मलामीमा सहभागी थिए । ‘राम नाम सत्य है, सबका यही गत्य है’ मलामी ५ किलोमिटरसम्म गएको थियो । गाउँ हुँदै शवलाई मसानघाटसम्म पुर्याउँदा बाटोमा दृश्य देख्ने जोकोहीका आँखा रसाएका थिए । महिलाले शव बोक्नु हुँदैन भन्ने मान्यतालाई चिर्दै छोरीहरूले बुवाको शव बोकिरहेका थिए ।
सबैला नगरपालिका–२ का ६५ वर्षीय रामनारायण यादवको फागुन ६ गते निधन भएको थियो । मृतक यादवका छोरा छैनन् । ५ जना छोरी मात्रै छन् । जेठी छोरी ४० वर्षीया नेपुर यादव, त्यसपछिका छोरीहरू ३७ वर्षीया राजोदेवी यादव, ३५ वर्षीया प्रमिलादेवी यादव, ३२ वर्षीया अनितादेवी यादव र ३० वर्षीया गोर्की यादवले बुवाको शवलाई काँध दिए । शवलाई गाउँभन्दा ५ किलोमिटर पूर्व कमलाघाटसम्म काँधमा बोकेर लगिएको थियो ।
मृतक यादवको पार्थिव शरीरलाई उनकै पत्नी ६२ वर्षीया रवियादेवी यादवले दागबत्ती दिएकी छन् । ‘मेरो कुनै छोरा थिएन, मैले आफ्ना सबै छोरीलाई नै छोरासरह मानेर पालनपोषण गरेकी थिएँ,’ दागबत्ती दिएकी रयिबा देवीले लोकान्तरसँग भनिन्, ‘त्यसैले छोरासरह नै मेरा सबै छोरीहरूले नै काँध दिनुपर्ने निर्णय गरेकी हुँ ।’
बुवालाई छोरासरह नै ‘कन्धा’ दिन पाउँदा छोरासरह हक पाएको जस्तो महसूस भएको मृतक यादवकी जेठी छोरी नेपुरदेवीले बताइन् । ‘समाजमा छोराले नै कन्धा दिनुपर्ने वा दागबत्ती दिनुपर्ने मान्यतालाई परिवर्तन गर्न पाएको महसूस गरेकी छु,’ उनले भनिन् ।
मृतक यादव नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत थिए । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री आनन्दप्रसाद ढुंगाना पनि पुगेका थिए । उनले पार्टीको झण्डा ओढाएर उनलाई सम्मान गरेका थिए ।
‘समाजमा परिवर्तन जरुरी छ, छोराले मात्रै दागबत्ती वा कन्धा दिने परम्परा परिवर्तन हुनु पनि समाजमा परिवर्तनको राम्रो संकेत हो,’ ढुंगानाले परिवारका सदस्यलाई भनेर साहस बढाए । कांग्रेस नेता कार्यकर्ताले छोरीले ‘कन्धा’ दिने परिवारको प्रस्तावमा सहमति जनाएपछि गाउँलेले असहमति जनाएनन् ।
स्थानीय जगतसुन्दर साहका अनुसार मृतक यादव नेपाली कांग्रेसका कट्टर कार्यकर्ता हुनुका साथै आध्यात्मिक चिन्तक थिए । ‘प्रत्येक दिन बिहान ४ बजे उठेर सीताराम जप गर्दै गाउँ घुम्ने तथा साँझ प्रत्येक दिन दूर्गा मन्दिरमा पूजापाठ तथा आरती गर्ने गर्थे,’ साहले भने, ‘छोरीले ‘कन्धा’ दिनु र पत्नीले दागबत्ती दिएको कुरालाई गाउँसमाजले पनि सहज रुपले आत्मसात गर्दै प्रशंसा गरिरहेका छन् ।’
मधेशमा छोरी वा महिलाले शवलाई दागबत्ती दिने गरेको दृश्य कहिलेकाहीँ देखिने गरेको भएपनि शवलाई बोक्दै महिलाले नै ‘कन्धा’ दिएको दृश्य नौलो रहेको स्थानीय बताउँछन् ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...