×

NMB BANK
NIC ASIA

बैंक अफ काठमाण्डू लिमिटेडको २५ औं वार्षिकोत्सव

फागुन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा बुधवार एक कार्यक्रमबीच पत्रकार सम्मेलन आयोजना गरेकोे छ ।

Muktinath Bank

समारोहमा नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जीवी नेपालको प्रमुख आतिथ्यता तथा बैैंकको सञ्चालक समिति, व्यवस्थापन समिति र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालद्वारा पानसमा दिप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । तत्पश्चात बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समारोहमा उपस्थित सम्पूर्ण उपस्थितजनलाई विशेष धन्यवाद व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

कार्यक्रमका प्रमुख अतिथि गर्भनर नेपालले बैंकको २५औं वार्षिकोत्सवको लोगो सार्वजनिक गरी बैंकलाई २५औं वर्षसम्म नेपालको बैंकिङ क्षेत्रमा पुर्‍याएको योगदानको लागि धन्यवादसहित आगामी दिनमा बैंकको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

बैंकले आफ्नो २५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउने जानकारी गराएको छ । जस अन्र्तगत बैंकका सबै प्रादेशिक कार्यालयमा प्रभातफेरी तथा विभिन्न संघसंस्थालाई सहयोग, नेपाल रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम, बैंकको आन्तरिक फुट््सल प्रतियोगिता तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा बृहत् ग्राहक सप्ताह कार्यक्रमको आयोजना गर्ने जानकारी गराएको छ ।

ग्राहकको सेवा तथा सुविधालाई मध्यनजर गर्दै २५ औं वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादकत्व र रोजगारी सिर्जना गराउने उद्देश्यलाई टेवा प्रदान गर्न ‘बीओके कृषि कर्जा’ सम्बन्धी कर्जा योजना सार्वजनिक गरेको छ । 

ग्राहकको आवश्यकता तथा उच्चतम् लाभ लाई मध्यनजर गर्दै बैंकले ‘सहज बचत खाता’ नामक नयाँ बचत खाता सार्वजनिक गरेको छ । विभिन्न सुविधासहित २५ रुपैयाँको न्यूनतम मौज्दातमै ‘सहज बचत खाता’ खोल्न सकिने जानकारी बैंकले गराएको छ । 

ग्राहक महानुभावहरुलाई प्रविधिको प्रयोग गर्ने बानीको बिकास गर्न प्रेरित गर्ने उद्देश्यले बैंकको मोबाइल बैंकिङमार्फत गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबारबाट नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोस्टपेड मोबाइल टपअप गर्दा २५% नगद फिर्ता हुने योजना समेत सार्वजनिक गरेको छ । 

बैंकले रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमान्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आईसीयू कक्ष निर्माण गर्न १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले उक्त रकमको चेक उक्त संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई हस्तान्तरण गरे ।

सोसाइटी अफ इकोनोमिक जोर्नलिस्ट (सेजोन) नेपाललाई आर्थिक पत्रकारिताको क्षेत्रमा महिला पत्रकारको समावेशिता बढाउन र उनीहरूको क्षमता अभिवृद्घि गर्न चाहिने तालिम प्रदान गर्न ५ लाख सहयोग घोषणा गरी सेजोन, नेपालका सभापति भीमप्रसाद गौतमलाई चेक हस्तान्तरण गरिएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले कार्यक्रममा प्रमुख आतिथ्यताको लागि नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जीवी नेपाल तथा कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा सञ्चारकर्मीलाई उपस्थितिका लागि धन्यवाद व्यक्त गरे ।

बैंक अफ काठमाण्डू लिमिटेडको हाल १० एक्टेन्सन काउन्टरसहित देशभर ८७ शाखा र ७८ एटीएम रहेका छन् । आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासिकको अन्त्यको वित्तीय विवरण अनुसार बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा खुद मुनाफामा २०% ले वृद्धि गरी ८८ करोड ३८ लाख रुपैयाँ कमाउन सफल भएको छ । साथै यस अवधिमा बैंकको निक्षेप र कर्जामा अघिल्लो वर्षको तुलनामा क्रमशः ७.८४% र ९.१४% ले वृद्धि भई क्रमशः ९०.११ अर्ब तथा ८२.४९ अर्ब पुर्‍याउन सफल भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x