२ लाख घुससहित इन्जिनीयर रंगेहात अख्तियारको फन्दामा

सेवाग्राहीसँग विद्युत ट्रान्सफरम जडानको काम गरिदिने भन्दै घुस लिने घ्याङलेख गाउँपालिकाका एक इन्जिनीयरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।

इन्जिनियर दिलिप कुमार शाहलाई आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले २ लाख २६ हजार घुस सहित नियन्त्रणमा लिएको थियो ।


Advertisement

आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार घुससहित पक्राउ परेका शाहलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार घुस रकमनै बिगो मागदाबी गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्