पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्व केन्द्रित कार्ययोजना सहितको ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीहरूको सवारी आवागमनलाई सरल, सहज तथा व्यवस्थित बनाउनका लागी योजनाबद्ध ट्राफिक व्यवस्थापन गरेको एक विज्ञप्तिमार्फत जनाएको छ ।
महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार, एयरपोर्ट हुदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, २ पाङ्ग्रे र साना सवारी साधनको लागी तिलगंगा र वाइसिएल मार्ग, नक्साल कालोपुल हुदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति बिकास कोष र संस्थानका सवारी साधनकालाई देवउद्यानस्थित कोषको कार्यालय, पासबाहक, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला र बाग्मती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाईएको छ ।
महाशाखा प्रमुखले शिवरात्री पर्वको अवधीभरि भक्तजनहरुलाई सरल एव सहज रुपमा आवागमनको व्यवस्था मिलाउनको लागी ५ सय भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको र आवश्यकताअनुसार डाइभर्सन, पशुपति क्षेत्रभित्र सवारी निषेधित समेत गरिने जानकारी दिए ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दर्शानार्थीको अत्याधिक चाप हुन गई गौशाला चोक हुँदै चल्ने यातायात सेवा प्रभावित हुने देखिएमा यात्रुको सुविधालाई मध्यनजर गर्दै गौशाला क्षेत्र भई चल्ने सवारी साधनलाई केही समयका लागि वैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरीए आवागमनको व्यवस्था मिलाइनेछ ।
त्यसैगरी तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारी साधनहरुलाई भने तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वर लगायतका स्थानहरुबाट गौशाला क्षेत्र प्रबेशमा रोक लगाई बैकल्पिक सडक प्रयोगको व्यबस्था मिलाइने उनले बताए ।
उनले एयरपोर्ट जाने, पर्यटक तथा गौशाला क्षेत्र भई चल्ने सवारी साधनहरुको आवागमनमा केहि प्रभावित हुन सक्ने हुनाले गन्तव्यका लागि समयमै निस्कने, वैकल्पिक सडकको प्रयोग गर्ने र सडकको ताजा अवस्थाका बारेमा थाहा पाउन मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्ज सुन्न समेत सबैमा अनुरोध गरे ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...