सुदृढ निर्वाचन प्रणाली बिना लोकतन्त्र फष्टाउन सक्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदृढ निर्वाचन प्रणाली बिना लोकतन्त्र फष्टाउन नसक्ने बताएका छन्। 

निर्वाचन आयोगद्वारा बुधबार आयोजित चौथो निर्वाचन दिवस विशेष समारोहमा उनले लोकतन्त्रको मुटु भनेकै निर्वाचन रहेको बताए। 


Advertisement

निर्वाचनमा जनसहभागिता बढाउन, कम खर्चिलो, स्वच्छ, पारदर्शी बनाउने र आम जनताको हितको भावनाको प्रतिनिधित्व हुन सकोस् भन्नेतर्फ हाम्रा क्रियाकलाप लक्षित हुनुपर्नेमा उनको जोड छ।

अबका दिनमा हामीले खर्च गर्न नपर्ने निर्वाचन, पारदर्शी निर्वाचन, पारदर्शी स्रोतको व्यवस्था गर्नेतर्फ ध्यान जान जरुरी रहेको बताउँदै उनले निर्वाचनको व्यस्तता नभएको अहिलेको समयमा आयोगलाई यस्ता विषयमा ध्यान केन्द्रित गर्न सुझाव दिए।
   


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्