×

NMB BANK
NIC ASIA

काठमाडौँ महानगरका साढे ४९ हजारले पाउँछन् भत्ता, ७५ वर्षमाथिका महिलालाई वार्षिक १२ हजार रुपैयाँ

फागुन ७, २०७६

NTC
Sarbottam
जेष्ठ नागरिक। तस्वीर साैजन्य : चन्द्रमणि भट्टराई
Premier Steels
Marvel

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा ४९ हजार ६ सय ८४ जना व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ।

Muktinath Bank

आर्थिक तथा सामाजिक समस्यामा परेका, लोपोन्मुख तथा आफ्नो ख्याल आफैं गर्न नसक्ने नागरिकको सामाजिक सुरक्षा अधिकार सुनिश्चित गर्न सरकारले उपलब्ध गराइएको भत्ता पाउने व्यक्तिको संख्या हो यो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगद वितरणमा आधारित यो सामाजिक सुरक्षा कार्यक्रमभित्र जेष्ठ नागरिक, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति, अति अशक्त अपाङ्ग, दलित, जनजाति, तोकिएका बालबालिकालाई राखिएको छ। 


Advertisment
Nabil box
Kumari

महानगरका अनुसार भत्ता पाउने व्यक्तिमध्ये सबैभन्दा धेरै वडा १६ मा २ हजार ८ सय २७ जना छन् भने दोश्रोमा वडा १४ मा २ हजार ७ सय ६१ जना छन्। त्यस्तै तेश्रो धेरै संख्या भएको वडा १५ हो। यस वडामा २ हजार ५ सय २७ जना छन् । सबैभन्दा कम भएको वडा १ हो। यसमा ८१४ जना छन्। दोश्रो कम संख्या भएको वडा वडा २ हो। यस वडामा ८ सय ७७ जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँछन्। 

Vianet communication
Laxmi Bank

काठमाडौं महानगरका ३२ वटा वडामा सामाजिक सुरक्षा भत्ता बुझ्ने ७० बर्ष पूरा गरेको जेष्ठ नागरिकको संख्या १७ हजार ४ सय २७ छ । यीमध्ये सबैभन्दा धेरै वडा नं. १४ का १ हजार ८० जना, दोश्रोमा वडा १६ का १ हजार ६२ जना र तेश्रोमा वडा ३ का ९ सय ७ जनाले नागरिकले भत्ता पाउँछन् । यी नागरिकमध्ये वडा १४ का १ हजार ८८, वडा १५ का १ हजा २४ वडा ३१ का ८ सय ७३ जनाले उपचार भत्ता पनि लिएका छन्। एकल र बिधवा ७० बर्ष पुगेपछि मासिक भत्तासँगै मासिक उपचार खर्चवापत् १ हजार रुपैयाँ थप हुने भएकोले जेष्ठ नागरिकको संख्या र उपचार रकम लिने व्यक्तिको संख्या फरक भएको हो ।  

दलिततर्फ महानगरभरीमा १ सय ५० जनाले भत्ता बुझ्दै आएका छन्। यसमा वडा ३१ मा ५४ जना, वडा ३२ मा १९ जना छन् । दलिततर्फ तेश्रो धेरै संख्या भएका वडाहरु ३ र १९ हुन् । यी वडामा क्रमशः १०÷१० जनाले भत्ता पाएका छन् । वडा १, ४, ८, ९, १३, १८, २०, २१, २२, २३, २४, २५ र २७ मा यस शीर्षकमा भत्ता पाउने कोही पनि छैनन् ।

यो वर्ष महानगरका १० हजार ५ सय ९८ जना एकलले सामाजिक सुरक्षा भत्ता रकम पाएका छन् । यो संख्यामध्ये सबैभन्दा धेरै वडा ७ का ६५० जना, त्यसपछि १५ का ६१५ जना र तेश्रोमा वडा ६ का ५५८ जना छन् । वडा १ र ४ मा बिधवा भत्ता पाउनेको संख्या शुन्य छ । सामाजिक सुरक्षा भत्ताको अर्को शीर्षक एकल भत्ता पाउनेको संख्या १ हजार ८६ रहेको छ । यीमध्ये वडा ४ मा धेरै छ । त्यसपछि वडा १ र वडा २५ मा छन् । ती वडामा भएका एकलको संख्या क्रमशः ४७०, १७४ र ४१ हो । वडा ९, १८, २०, २३, २९ र ३२ मा एकलको संख्या छैन । 

महानगरभरिमा पूर्ण अपाङ्गको संख्या ५१३ जना छ । यसमध्ये वडा ३ मा सबैभन्दा बढी ३० जना, वडा ३१ मा २८ जना छन् । त्यस्तै वडा ५ र ३२ मा समान २७÷२७ जना पूर्ण अपाङ्गता भएका व्यक्ति छन् । ३८१ आंशिक अपाङ्ग (अति अशक्त) व्यक्तिमध्ये वडा सबैभन्दा धेरै वडा १६ मा २८ जना, वडा २६ मा २७ जना र वडा १५ मा २४ जना छन् । बालपोषणअन्तर्गत मासिक भत्ता पाउने बालबालिकाको संख्या ८ रहेको छ । यीमध्ये वडा ११ र १२ मा समान ३÷३ जना र वडा २८ मा २ जना छन् । यो भत्ता अभिभावकमध्ये कोही पनि रोजगारमा नरहेका दलित परिबारका बालबालिकालाई दिइने भत्ता हो । 


दलित, एकल महिला र बिधवाले मासिक २ हजार रुपैयाँ भत्ता प्राप्त गर्छन् । यो रकममा जेष्ठ नागरिकलाई उपचार खर्चपवापत् मासिक १ हजार रुपैयाँ थप दिइन्छ । भत्ता पाउन साबिक कर्णाली र दलित बर्ग व्यक्ति भए ६० बर्ष पूरा हुनुपर्छ भने अन्य क्षेत्र र समुदायका व्यक्तिले ७० बर्ष उमेर पूरा गर्नुपर्छ । उनीहरुले भत्तावापत् २ हजार रुपैयाँ र उपचार खर्च वापत् १ हजार रुपैयाँ प्रतिमहिना प्राप्त गर्छन् । दलित जेष्ठ नागरिक र एकल महिलाले ६० वर्ष उमेर पूरा भएपछि भत्ता पाउँछन् । 

पूर्ण अपाङ् भत्ता मासिक ३०० रुपैयाँ हो भने आंशिक अपाङ्ता भत्ता मासिक १६०० रुपैयाँ हो । १४ जिल्लाका रोजगारबिहिन दलित परिवारका बालबालिकालाई दिइने भत्ता रकम मासिक ४०० रुपैयाँ हो । सरबारबाट प्राप्त हुने यो रकमसँगै काठमाडौ.महानगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने ७५ वर्ष माथिका महिला र ८० वर्ष माथिका पुरुषलाई वार्षिक १२ हजार रुपैयाँ महानगर विशेष भत्ता रकम दिने गरिएको छ । 

यसरी प्रदान गरिने भत्ता रकमवापत् महानगरले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा ३२ करोड १३ लाख ३८ हजार ९०० सय रुपैयाँ वितरण गरेको लेखा अधिकृत अनिता श्रेष्ठले जानकारी दिइन्।

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x