गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा पक्राउ

गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंको जडिबुटीबाट एक जनालाई पक्राउ गरेको छ। 

प्रहरीले सिन्धुपाल्चोक जुगल गाउँपालिकाका ३ बोल्दे घर भई काठमाडौं जोरपाटी बस्दै आएका पासलाल तामाङलाई बुधबार पक्राउ गरेको हो। 


Advertisement

तामाङ समेतका व्यक्तिहरुले बलेफी हाइड्रोपावरमा काम गर्ने ठेकदार र अरु व्यक्तिलाई पनि हातहतियार देखाई  ज्यान मार्ने, हात खुट्टा भाँचिदिने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ। 
तामाङ कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल बसेर छुटेका हुन्। 


 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्