चीनमा ‘नो टाइम टू डाई’ को प्रिमियर स्थगित

जेम्स बोन्ड सिरिजको आगामी फिल्म ‘नो टाइम टू डाई’ चीनको राजधानी बेइजिङमा तय गरिएको प्रिमियर स्थगित गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनमा फैलिएको कोरोना भाइरसका कारण यो फिल्मको प्रिमियर बेइजिङ मात्र नभइ त्यहाँका अन्य सहरमा पनि प्रदर्शन नहुने भएको छ।


Advertisement

डेडलाइन वेब पत्रिकाका अनुसार अभिनेता डेनियल क्रेगसहित फिल्म स्टार कास्ट फिल्मको प्रमोशनका लागि आगामी अप्रिलमा चीन जाने कार्यक्रम थियो। तर अब रद्द गरिएको छ।

चीनमा कोरोना भाइरसको खतराका कारण त्यहाँका थियटर अनिश्चितकालका लागि बन्द छन्। यसले गर्दा मनोरञ्जन क्षेत्रले ठूलो घाटा बेहोर्नु परेको छ।  


Advertisement

हालै मात्र फिल्मको गीत रिलिज गरिएको छ। यो फिल्म बेलायतमा अप्रिल ८ र अमेरिकामा सोही महिना १० तारिखमा रिलज हुँदैछ।

यो फिल्म निकै प्रतिक्षित हाे। ट्रेलरमा जेम्स बोन्ड अर्थात् डेनियल क्रेग आफ्नो चिरपरिचित अन्दाजमा एक्सन गर्दै देखिएका छन्।

०१५ मा ‘स्पेक्टर द ००७’ को छाँयांकनको बेला अभिनेता डेनियलले अब आफू बोन्ड सिरिजमा नदेखिने घोषणा गरेका थिए।  तर, दर्शकको चर्को दबाबपछि उनले आफ्नो निर्णय फिर्ता लिए।

‘नो टाइम टू डाई’ भने उनको अन्तिम फिल्म हो। यो फिल्मपछि लशाना लिन्चले डेनियललाई रिप्लेस गर्नेछिन् र ब्रिटिश जासूसको भूमिका निभाउनेछिन्। लशाना पहिलो महिला हुन्, जो जेम्स बोन्डको भूमिकामा देखिनेछिन् । यसअघि पुरुष एक्टर मात्र ‘एजेन्ट ००७’ बनेका थिए।

‘नो टाइम टू डाई’ यो फ्रेन्चाइजीको २५औं फिल्म हो। क्यारी फुकुनागा फिल्मका निर्देशक हुन्। फिल्ममा ओस्कर अवार्ड विजेता रामी मालेकले भिलेनको भूमिकामा छन्।  

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्