कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
पाटन नगरकी उनलाई आफ्नो उमेर यकिन छैन । जन्मघर भारत रहेको थाहा भए पनि ठाउँबारे जानकारी छैन । पाँच वर्षकी छँदा उनलाई बैतडीको पाटनका भण्डारी थरका व्यक्तिले दशरथचन्द नगरपालिका–२ को निंगलाशैनी मन्दिरमा ‘देवी’ चढाउन भनेर ल्याएका हुन् । पूजाआजा भएका दिन मन्दिरमै बस्नुपर्थ्यो ।
अघिपछि देवी चढाउनेले त्यही किनारमा बनाइदिएको सानो छाप्रोमा बस्थिन् । त्यही छाप्रोमा उनले वर्षौं बिताइन् । अहिले गाउँमा मागेर गुजारा चलाइरहेकी छन् । ‘गाउँलेकै भरमा छाक टरिरहेको छ,’ उनले भनिन् ।
उनलाई आमाबाबुको सम्झना छैन, बिहे पनि भएको छैन, तर दुई छोरा र तीन छोरी गरी पाँच सन्तान छन् । जेठो छोरा र दुई छोरीको विवाह भइसक्यो । कान्छो छोरा रोजगारीका लागि भारतमा छन् । कान्छी छोरी उनीसँगै छिन् ।
‘देउता’ सँग विवाह भएको भनेर सिन्दूर लगाउने उनी छोराछोरी कसका हुन् भन्न सक्दिनन् । देउकी बसेकालाई जसले पनि यौनजन्य हिंसा गर्ने भएकाले छोराछोरी कसका हुन् थाहा नभएको उनले बताइन् । ‘मन्दिरमा चढाएकाले यस्तै गर्नुपर्छ भन्ने गरिएको थियो,’ उनले भनिन्, ‘मसँग दैनिक २/३ जना पुरुष मान्छे आउँथे, भाग्य यस्तै हो भनेर सहेर बसेँ, छोराछोरी जन्मिए ।’
जान्ने–बुझ्ने भएपछि छोराछोरीले ‘बुवा खै’ भनेर सोधेको सम्झँदै उनले भनिन्, ‘तम्रा बुवा भगवान् हुन्, मरिसके भनेर भन्छु । छोराछोरीले सोधेको प्रश्नको उत्तर मसँग छैन ।’
यो उमेरसम्म आइपुग्दा पाएका हन्डरबारे बताउँदा उनी भक्कानिन्छिन् । ‘राम्ररी खानलाउन पाइनँ, चप्पल धरी लगाउन पाइएन,’ उनले भनिन्, ‘अरूको इच्छा पूरा गर्दागर्दै आफ्नो जीवन भताभुंग भयो ।’
आफूलाई मन्दिरमा चढाउनेले छोरीलाई पनि चढाउँछौं भनेको उनलाई सम्झना छ । अब जमाना फेरिइसकेकाले छोराछोरीको बिहे गरिदिएको उनले बताइन् । पैसाकै अभावमा उनले सबै छोराछोरीलाई पढाउन सकिनन् । पढेकाले पनि १० कक्षा पास नगर्दै पढाइ छाडे । ‘कान्छी छोरी ६ कक्षामा पढिरहेकी छ,’ उनले भनिन्, ‘उसलाई पनि कापीकलम किन्ने पैसा हुँदैन । भारतमा मजदुरी गरिरहेका छोराहरूको कमाइ उनीहरूलाई नै ठिक्क हुने गरेको उनले बताइन् ।
दशरथचन्द नगरपालिकामै बस्दै आएकी अर्की एक महिलाको अवस्था पनि उनको जस्तै छ । उनलाई पनि स्थानीयले सानै उमेरमा त्रिपुरासुन्दरी मन्दिरमा चढाएका हुन् । उनका तीन छोरा र एक छोरी छन् । तर छोराछोरीका पिता को हुन् भन्ने थाहा छैन । ‘छोराछोरीले बुवाका बारेमा सोध्दा सबैभन्दा धेरै पीडा हुन्छ,’ उनले भनिन्, ‘तिनको नागरिकता लिने बेला समस्या भएको थियो । गाउँलेको प्रयासले बल्लबल्ल पाएँ ।’
आफूहरूले जिम्मा बसेर देउकीबाट जन्मेका छोराछोरीलाई नागरिकता सिफारिस गरेको पाटन नगरपालिका–९ का वडाध्यक्ष लोकबहादुर भण्डारीले बताए । ‘कतिपय देउकीका परिवारले अझै नागरिकता पाउन सकेका छैनन्,’ उनले भने । उनीहरूको अवस्था दयनीय रहेको र केही सहाराविहीन भएको उनले बताए ।
सुदूर पश्चिमका कतिपय जिल्लामा छोरीलाई देउकी भनेर चढाउने चलन २०४२ सालमा कानुन बनेयता हटिसकेको छ । पूर्व सांसद पुरन दयालका अनुसार त्यसबेला जिल्लाका मन्दिरहरूमा करिब हजारजना देउकी थिए । ‘२०४८ सालमा बालबालिका सम्बन्धी कानुन आयो र त्यसमा तोकेरै बालबालिकालाई मन्दिरमा चढाउन नपाइने भनिएपछि यो कुप्रथा हट्यो,’ उनले भने । कानुनी कारबाहीको डर र शिक्षाको विकाससँगै उक्त कुप्रथा हटे पनि धेरै वर्षअघि मन्दिरमा छाडिएका महिलाहरूलाई समाजमा पुनःस्थापनाको उचित प्रबन्ध नहुँदा धेरैको अवस्था नाजुक रहेको उनले बताए । कतिपयका सन्तानले जन्मदर्ता र नागरिकता नबन्दा चुपचाप गाउँछाडेर भारत पसेका छन् । अहिले पनि जिल्लाका करीब आधा दर्जन मन्दिरमा देउकी बनाइएका महिला छन् । मन्दिरपिच्छे सात/आठ जनाको संख्यामा रहेका उनीहरूले समाजमा पुनर्स्थापित हुन पाएका छैनन् । कान्तिपुर दैनिकमा खबर छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...