माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बयासी वर्षीया पूर्णमाया महर्जन पाल्पाली ढाका कपडा बुनाई उद्योगकी म्यानेजर हुन् । उनकै नेतृत्वमा पाल्पाली ढाका कपडा उद्योगका संस्थापक अर्थात् श्रीमान् स्व:गणेशमान महर्जनले सुरु गरेको उद्योग अहिले पनि सम्हाल्छिन् ।
पूर्णमायाको ढाका कपडाको उत्पादनप्रतिको समर्पण अनुकरणीय छ । उस्तै उमेरका वृद्धवृद्धा आराम गरिरहेका भेटिन्छन्, उनी भने अझै खटेको खटै छिन् । जानकारहरूका अनुसार २०१३ सालमा उनले नै तानसेनमा पहिलो तान (ढाका कपडा बुन्ने हाते मेसिन) राखेकी हुन् । ‘त्यसबेला तीन हजार रुपैयाँ ऋण खोजेर सातवटा तान राखेकी थिएँ,’ उनी सम्झन्छिन्, ‘व्यापार राम्रो थियो । तान थपेर ५०० वटासम्म पुर्याइयो तर बुन्ने मान्छे नपाएपछि अहिले ५० वटा मात्रै छन् ।’ उनको उद्योगसँगै ढाका कपडा पसल पनि छ । सबै छोराछोरी लाखापाखा लागे पनि कान्छा छोरा सागरमानले आमालाई साथ दिएका थिए । तर वडाध्यक्ष भएपछि भने दुई वर्षयता सागरको व्यापारमा ध्यान कम गएको छ । पूर्णमायाले कारखाना सम्हालेकी छन् ।
ढाका बुन्न उनी आफैं सिकाउने गर्छिन् । आफैं पनि ढाका बुन्नुअघि धागोको वार्पिङदेखि लिएर सबै काम गर्थिन् र अहिले पनि गर्छिन् । अहिले नगरपालिकाले १६ जनालाई परम्परागत तवरको ढाका कपडा बुन्न सिकाएको छ । त्यसको प्रमुख प्रशिक्षक पूर्णमाया हुन् । पहिले उनका श्रीमान्ले बुन्ने गर्थे । २०१५ सालमा लोग्नेमान्छेले ढाका कपडा बुन्ने काम गरेको देख्ता कतिले बौलाएछन् पनि भनेको पूर्णमायालाई सम्झना छ । सुरुसुरुमा उनीहरूले बुनेको कपडा बिक्री गर्नै गाह्रो थियो । ‘बुनेका कपडा पसलमा लगेर छाड्यो, सधैं बिकेको छैन भन्ने मात्रै भनाइ हुन्थ्यो,’ उनले भनिन्, ‘जेहोस् सुरुवातमा पाल्पाली ढाकाका लागि धेरै दु:ख पाइयो ।’
पाल्पाली ढाका भनेर २०१५ सालमा दर्ता भएको हो तर तान राखेर कपडा बुन्न थालेको ०१३ सालमै हो । श्रीमान् र उनी दिल्लीको दरियागन्जमा बस्दा तानको काम सिकेका हुन् । महर्जन बालखै छँदा राणाकालीन परिवारसँगको संगतमा हुर्के, बढे पनि विवाहपछि भने त्यस्तो अवस्था रहेन । उनी १९९४ सालमा तानसेनको मूलढोका (मखनटोल) मा जन्मेकी हुन् । कहिल्यै पनि अर्काको कुभलो नचिताएकै कारण आफूहरू प्रगतिपथमा लम्केको उनी बताउँछिन् । १७ वर्षको उमेरमा विवाह भयो । पाल्पा जिल्लामै आफ्नो पहिचान बनाएर अहिले समाजसेवामा लागेकी छन् । ‘म त घरको एक्ली छोरी भएकाले पनि आमाबुबाको माया पाएँ,’ उनले भनिन्, ‘घर गर्न आएपछि श्रीमान्लाई अगुवा बनाउन सक्ने क्षमता भएकाले नै अघि बढ्न सफल भएँ ।’ उनका चार छोरा र दुई छोरी छन् । विवाह गरेर झन्डै तीन वर्ष भारतको दिल्लीमा बिताएकी उनी तानसेन, टक्सार टोलका स्व.पूर्णमान शाक्यले तानसेनमै बसेर कारखाना खोल्न प्रेरणा दिएको बताउँछिन् । बौद्ध धर्मदर्शनमा निकै अगुवाइ गर्न सफल उनी नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको निवर्तमान सभापतिसमेत हुन् ।
२००७ सालको आन्दोलनमा पूर्णमान शाक्य, राधा दिदीहरूसँग हिँडेको उनले बताइन् । ‘त्यतिबेला प्रजातन्त्र ल्याउन गरेको आन्दोलन र त्यसपछिका दिन अहिले पनि झल्झली सम्झन्छु,’ उनले भनिन् । २०११ सालमा बिहे भयो । घर गर्न निकै दु:ख हुन्थ्यो । श्रीमान् (गणेशमान महर्जन) भारतको दिल्ली बस्थे । बिहेपछि उनी पनि तीन वर्षजति उतै बसिन् । ‘मलाई दिल्लीमा बस्न मन लागेन,’ उनले भनिन्, ‘ठूली छोरी जन्मेपछि म एक्लै नेपाल फर्कें । त्यही वर्षको दसैंमा श्रीमान् पनि आउनुभयो ।’ तानसेनमै उनी र श्रीमान् मिलेर आफ्नै घरमा तीनवटा कपडा बुन्ने तानको सुरुवात गरेको सम्झिइन् । त्यसपछि उनीहरू तानसेनमै बस्न थालेका हुन् ।
तानसेनमा खद्दरको साडी, अरू कपडा बुन्दाबुन्दै बंगलादेशको राजधानी ढाकामा बुन्ने कपडाको डिजाइन आयो । त्यही डिजाइनमा बुनेर सुरु गरेपछि ढाका कपडा भन्ने भएको उनले बताइन् । तान राख्ने र त्यसलाई पूरा गर्न निकै समय लाग्थ्यो । महँगोमा पनि बिक्री हुन थाल्यो ।
‘हामीले घरेलुमा दर्ता गरेर ढाका बुन्न थाल्यौं,’ उनले भनिन्, ‘श्रीमान् घरेलुमा जागिर खानु हुन्थ्यो । अनि तानसेनमा घरेलु शिल्पकला भण्डार खुलेको थियो । त्यहीमार्फत देशका विभिन्न स्थानमा पठाउन थालियो ।’ त्यसपछि बजारमा पाल्पाली ढाका कपडाको खोजी भयो । ढाकाको पछ्यौरा, खद्दरको साडी, तन्ना त्यो बेलामा बढी बिक्री हुन्थ्यो । त्यहीअनुसार बिक्री भण्डारले धेरै सहयोग गरेको उनले बताइन् । राजा महेन्द्र, पछि वीरेन्द्रबाट पनि पाल्पाली ढाकाको विषयमा सोधीखोजी भएको उनले सुनाइन् । सार्क सम्मेलनमा धेरै नै साडीका लागि माग आएको थियो । कारखानामा निकै हतारहतार गरेर ढाकाको साडी बनाएको उनी सुनाउँछिन् । ‘पहिलोपटक यति धेरै साडीको माग आयो कि काम गर्नेलाई निकै हतार भयो,’ उनले भनिन्, ‘त्यसको अनुभवबाटै मुलुकका विभिन्न स्थानबाट माग आउँथ्यो ।’
२०३० सालतिरको बजारमा पाल्पाली ढाकाको माग निकै थियो । त्यस बेलामा जग्गा पनि सस्तै थियो । अनि टहरा बनाएर बारुदखानामा पनि तान राखे । ‘बजारमा यति धेरै बिक्यो कि पुर्याउनै नसक्ने अवस्था आयो,’ उनले सम्झिइन्, ‘हामीले काम सिकाएकाहरू गाउँबाट र बाहिरबाट खोजेर ल्याएर पनि काममा लगाइयो ।’ पाँच सय कामदार कारखानामा काम गर्थे । ती सबैलाई हेर्ने जिम्मेवारी उनैलाई थियो । अधिकांश महिला थिए । उनीहरूलाई काम सिकाउने मात्र होइन, जागिर नै खुवाउने गरिन्थ्यो । क्यान्टिन चलाउने, पास बुक बनाउने, पैसा जम्मा गर्ने जस्ता धेरै काम हुन्थे । ‘धेरै रमाइलो थियो,’ उनले भनिन्, ‘बाहिर खासै अरूले कपडा बुन्ने तान पनि ल्याएका थिएनन् । हाम्रोमा घरबुना बुन्ने ठाउँमा काम पाइन्छ भन्दै महिला आउँथे ।’
कुनै बेला उद्योगमा ५०० जना कामदार राखेकी उनले अहिले २६ जनामा चित्त बुझाएकी छन् । ‘अहिले ढाका बुन्ने मान्छे सजिलै पाइँदैन । तान त्यसै थन्किएका छन्,’ उनी भन्छिन्, ‘कामदार नपाएपछि समस्यै समस्या छ ।’ अहिले महिला कामदार मात्रै रहेको उनले बताइन् । ‘उनीहरूसँग दिन बिताउँदा आनन्द लाग्छ,’ उनले भनिन्, ‘मुख्य कुरा भनेको पाल्पाली ढाकाको नाम मात्र हुन थालेको छ । तान होइन मेसिनमा बुनेका ढाकालाई पनि पाल्पाली भनेर बिक्री गरेका छन् ।’ गोरखपुर, सुनौली, काठमाडौं, चीनमा मेसिनमा बुनेर कमसल ढाकालाई पाल्पाली भनेर बिक्री गर्दा समस्या आएको उनको बुझाइ छ । ‘यो पाल्पाली हो र यो होइन भनेर बिक्री गर्नुपर्नेमा त्यस्तो गरेका छैनन्,’ उनले भनिन् ।
धागोमा कर तिर्नु नपर्ने भएकाले साइकलमा सुनौलीबाट बोर्डरतिरै पास गराउने अनि त्यही कमसल धागो प्रयोग गरेका ढाकालाई पाल्पाली भनेर बिक्री गर्ने गरेको उनले बताइन् । पाल्पाली ढाका र नक्कली ढाका बीचको फरक मान्छेले बुझे बजार गुम्ने डर कम हुन्थ्यो उनले बताइन् । रङमा फरक, धागो मिसावट, सुती नै धागो राखे पनि कमसल हुने उनको बुझाइ छ । ‘यस्ता कुरालाई सबै उद्योगी, व्यापारी, व्यवसायीले बुझ्नु जरुरी छ,’ उनी भन्छिन्, ‘५० रुपैयाँ मिटर र ५०० रुपैयाँ मिटरमा जे फरक हो, त्यही नै पाल्पाली र बाहिरको ढाकाको फरक हो ।’ कान्तिपुर दैनिकमा खबर छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...