कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ ।
वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक/एक क्यारेट अण्डा वितरण गरिएको वडाध्यक्ष ढाकाराम पङ्गेनीले जानकारी दिए ।
'अण्डा र झण्डा वितरण अभियानले वडाभित्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गर्न उत्प्रेरणा जाग्नुका साथै स्वास्थ्य र पोषणसम्बन्धी सचेतना जगाउन सहज हुन्छ', उनले भने, 'नियमित स्वास्थ्यचौकीमा आएर स्वास्थ्य जाँच गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य तथा पोषणस्थितिमा सुधार आउने विश्वास लिएका छाैं ।'
गर्भवती तथा जन्मिने शिशुको पोषण स्थितिमा सुधार ल्याउनका कार्यक्रम प्रभावकारी रहेको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिए ।
'गर्भवती महिलालाई ‘प्रोटोकल’ अनुसार गर्भ जाँच गर्न आउँदा अण्डा वितरण गर्ने थालनी वडाले गरेको छ । यो महत्वपूर्ण र प्रभावकारी छ', उनले भने, 'गर्भ जाँच तथा संस्थागत सुत्केरी गराउने महिलाको सङ्ख्यामा वृद्धि हुने र दुई वर्षसम्मका बच्चाको वृद्धि अनुगमनमा उल्लेखनीय सुधार गर्नमा सघाउ पुग्ने छ ।'
‘हातमा अण्डा घरमा झण्डा’ अभियानअन्तर्गत गर्भवतीको घरमा रातो झण्डा र बच्चा जन्मेदेखि दुई वर्षसम्मको घरमा हरियो झण्डा राख्न थालिएको छ ।
वडाले थालेको यो अभियान प्रभावकारी देखिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए। 'पोषणलाई ध्यानमा राख्दै आगामी दिनमा घरमै उत्पादन भएका सागपात तथा पशुपक्षीजन्य खाद्यपदार्थ उत्पादनतर्फ जोड दिनु जरुरी छ', उनले भने, 'आफ्नै घरमा उब्जाउन तथा उत्पादन गर्न सकेको खण्डमा दीर्घकालीन फाईदा पुग्न सक्ने भएकाले अब यतातिर पनि ध्यान दिनु आवश्यक छ ।'
अभियानले गर्भवतीले नियमित स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने बानीको विकास विश्वास राखिएको छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...