×

NMB BANK
NIC ASIA

विद्युत् विस्तारसँगै ताकमवासीको जीवनशैलीमा परिवर्तन

फागुन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

'डिजेलबाट चल्ने मिलमा एक पाथी धान कुटेको रु आठ लाग्थ्यो, अहिले रु तीनमा एकै छिनमा कुटेर सकिन्छ', ताकमका ठाकुरप्रसाद पौडेलले भने, 'बिजुली आएपछि हाम्रो दैनिकीमा धेरै परिवर्तन आयो ।' 

Muktinath Bank

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा केन्द्रीय प्रसारण लाइन विस्तारसँगै सञ्चालन भएको कुटानी पिसानी मिलबाट समय र नगदको बचत गरेको पौडेलले बताए । 'बिजुलीले दुर्गम गाउँमा पनि सुगमको जस्तै सुविधा भएको छ', स्थानीय ईश्वरी आचार्यले भने, 'मोही पार्ने, भात पकाउन विद्युतीय उपकरण भएपछि दाउरा खोज्ने, ग्याँस किन्ने झन्झट र धुँवाको दुःख हरायो ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिजुली पुगेपछि ताकमका तोरण थापाले फर्निचर उद्योग खोलेका छन् । उद्योगमा उनीसँगै पाँच जनाले काम गर्छन् । यसअघि डिजेलबाट जेनेरेटर चलाएर फर्निचर उद्योग चलाउँदै आएका थापाले विद्युत् विस्तार भएपछि लागत र समय घटेको बताए । 


Advertisment
Nabil box
Kumari

गाउँमा बिजुली बलेपछि फर्निचर, कुटानी पिसानीलगायत उद्योग खुल्ने क्रम बढेको उद्योग वाणिज्य सङ्घ धवलागिरि एकाइ समितिका सभापति किरण थापाले बताए । ताकममा गाउँपालिकामै पहिलोपटक विद्युतीकरण भएको हो । यसअघि गाउँले उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए ।

Vianet communication
Laxmi Bank

मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, रेडियो सुन्न, ल्यापटप, कम्प्युटर, इमेल इन्टरनेट चलाउन सजिलो भएको छ । बिजुलीको उज्यालोसँगै घरायसी कामकाज सहज, उद्योग व्यवसाय सञ्चालन गरेर आयआर्जनको अवसर सिर्जना भएको छ ।  नेपाल विद्युत् प्राधिकरण र धवलागिरि गाउँपालिकाको साझेदारीमा ताकमका ७७७ घरधुरीमा विद्युतीकरण भएको हो । धारापानीका २०१ घरधुरीमा गत वर्ष बिजुली बालिएको थियो । 

ताकम, हिलापोखरी, आटेबिर, आरखोला, काफलडाँडा, शिवाङ र मच्छिमका ५७६ घरधुरीमा यसपटक विद्युतीकरण गरिएको उपभोक्ता समितिका अध्यक्ष प्रगति कार्कीले बताए । उनका अनुसार विद्युतीकरण गर्न गत वर्ष गाउँपालिकाले रु ७३ लाख विनियोजन गरेकामा रु ६९ लाख खर्च भएको थियो । 

मुख्य लाइन, ट्रान्सफर्मरलगायत उपकरण खरिद र विस्तारको काम विद्युत् प्राधिकरणले ठेक्कामार्फत गरेको थियो । धवलागिरि गाउँपालिकामा विद्युतीकरणका लागि सङ्घीय सरकारले गत वर्ष रु चार करोड ५० लाख विनियोजन गरेको थियो । यस वर्ष विनियोजन भएको रु  दुई करोड ८१ लाख बजेटबाट मुना, मुदी, लुलाङ र मराङमा विद्युतीकरणको तयारी भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतले बताए । 

एक हजार ७०० घरधुरीको बसोबास रहेको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको मराङ, मल्कवाङ, खिवाङ, लुलाङ, मुना र गुर्जामा लघुजलविद्युत् परियोजना सञ्चालन गरिएको छ । बगरमा गत कात्तिकमा सौर्य ऊर्जामार्फत विद्युतीकरण भएको थियो । केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामार्फत गाउँपालिकाको सबै घरलाई उज्यालो बनाउने योजना अघि सारिएको अध्यक्ष थमसरा पुनले बताए । सन्तोष गौतम,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x