मंसिर २९, २०८०
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले भेरीगंगा नगरपालिकामा भएको बालुवा–गिट्टी प्रकरणबारे छानबिन थालेको छ ।
लोकान्तर डटकममा माघ १६ गते भेरीगंगा नगरपालिकाको ‘ठेक्कापट्टामा नगरलाई ३९ लाख नोक्सान, दिइएन सूचना’ भन्ने समाचार प्रकाशित गरेको थियो ।
नगरलाई नोक्सान भएको समाचार प्रकाशन भएसँगै अख्तियारले कागजात मगाएर छानबिन गरिरहेको अख्तियार स्रोतले लोकान्तरलाई जानकारी दिएको छ । छिन्चु तथा डुंगेखोलामा असोज १ गते गिट्टी बालुवाका लागि टेन्डर आह्वान भएको थियो ।
ठेक्कामा ३६ वटा बोलपत्र खरिद भएको थियो । मंसिर १ गते १४ कम्पनीले बोलपत्र दाखिल गरेका थिए । स्टार कन्सट्रक्सनले सबैभन्दा बढी ९१ लाख १९ हजार ९७८ रुपैयाँ १ पैसा कबुल गरेको थियो तर कम्पनीले बोलकबोल गरेपनि नवराज कन्सट्रक्सनमा ठेक्का सरेको थियो । उसले ८६ लाख ५१ हजार १५१ रुपैयाँ कबुल गरेको थियो । उसले पनि ठेक्का सकारेन । तेस्रो नम्बरमा एन्जल निर्माण सेवाले ८० लाख ५२ हजार ३०० रुपैयाँमा बोलकबोल गरेको टेन्डर पाउनुपर्नेमा न्यू हरि निर्माण सेवाले ६५ लाख ४९ हजार ४५५ रुपैयाँमा टेन्डरको सम्झौता गर्यो ।
सोही मितिमा भेरी नदी तथा गोछे खोलामा पनि टेन्डर आह्वान भएको थियो । टेन्डरमा २९ जनाले बोलपत्र खरिद गरेकोमा ११ जनाले दाखिला गरे । ठेक्कामा न्यू हरि निर्माण सेवाले ७९ लाख ६७ हजार ९३० (भ्याट सहित) ठेक्का पायो तर उसले नगरसँग ठेक्का सम्झौता गरेन । दोस्रो नम्बरमा रहेको नवराज कन्सट्रक्सनले ठेक्का पायो । उनले ६३ लाख ९० हजार ७८२ रुपैयाँमा सम्झौता गरेको थियो ।
पहिलो नम्बरमा ठेक्का पार्ने कम्पनीले ठेक्का सम्झौता नगर्ने र अरुमा सारिदिने गर्दा नगरलाई नोक्सान हुने गरी ठेक्का सम्झौता भएको थियो । नगरपालिकाका नगर प्रमुख भूपेन्द्रबहादुर चन्द र उपप्रमुख रेणु आचार्यले नै ठेक्का सम्झौताबारे अनभिज्ञ रहेको जानकारी दिएका थिए ।
नगरलाई भएको नोक्सानीको विषयमा अख्तियारले गम्भीरताका साथ छानबिन गरिरहेको जनाएको छ । अख्तियारले पहिलो पटक कागजात मगाउँदा नगरपालिकाले भनेजति कागज उपलब्ध गराएको छैन । ‘हाल २ वटा निर्माण कम्पनीले मात्रै ठेक्का सम्झौता गर्न नसक्ने भन्दै पत्र पठाएको हामीलाई पठाइएको विवरणमा उल्लेख छ,’ अख्तियार स्रोतले भन्यो, ‘अन्य कागजात मगाएका छौं । आवश्यक छानबिन भइरहेको छ ।’
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...