ममताको नेपाल आइडलको यात्रा टुंगियो

पोखराकी ममता गुरुङ नेपाल आइडल सिजन ३ बाट बाहिरिएकी छन्।

नेपाल आइडलको जारी तेस्रो संस्करणमा उत्कृष्ट ९ सम्म पुगेकी ममता याे साताको शृंखलाबाट बाहिरिएकी हुन्। उनी पोखरा अडिसनबाट नेपाल आइडलमा आएकी थिइन्।


Advertisement

बटम ३ मा ममतासँगै मेघा र मुस्कान पनि परेका थिए। तर, ममताको भोट उनीहरुभन्दा कम भएपछि बाहिरिएकी हुन्।

ममताले बाहिरिँदै गर्दा ‘यति राम्रो प्लटफर्म दिनुभयो, म यहाँसम्म आउनु नै ठूलो कुरा हो..’  भन्दै आँसु झारेकी थिइन्। 


Advertisement

यो साता रचना रिमालले सबैभन्दा धेरै भोट पाएकी छिन्। नेपाल आइडलमा भोट संख्या भने खुलाइदैन।

 नेपाल आइडलमा अब ८ जना प्रतिस्पर्धी बाँकी छन्। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्