गण्डकी प्रदेशमा ६७९ व्यक्ति मानव अधिकार पीडित

फाइल फोटो

गण्डकी प्रदेशमा सन् २०१९ मा राज्य पक्षबाट २०५ र गैरराज्य पक्षबाट ४७४ गरी ६७९ व्यक्ति मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनामा पीडित भएको तथ्यांक सार्वजनिक गरिएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालयले सार्वजनिक गरेको अभिलेखअनुसार गण्डकी प्रदेशमा राज्य पक्षबाट १५ महिला र १९० पुरुष तथा गैरराज्य पक्षबाट ४१२ महिला र ६२ पुरुष पीडित भएको उल्लेख छ ।


Advertisement

गैरराज्यपक्षबाट १२ पत्रकारलाई दुव्र्यवहार गरिएको छ भने राज्यपक्षबाट ६ जनालाई गिरफ्तार गरेको इन्सेक जनाएको छ । 

सन् २०१९ मा बालअधिकारअन्तर्गत भएका ८२ बालिका तथा ८ बालक गरी ९० बालबालिका पीडित भएको जनाइएको छ । जसमध्ये बलात्कारमा ४२ बालिका पीडित भए भने यौन दुव्र्यवहार घटनामा ३३ बालिका र २ बालक थिए ।


Advertisement

महिला अधिकारअन्तर्गत ३१० पीडित भएका र सबैभन्दा बढी घरेलु हिसाबाट २३५ यस अवधिमा पीडित भएका इन्सेक गण्डकी संयोजक शिव खकुरेलले जानकारी दिए ।

उनले तीनै तहका सरकारले जनआकांक्षालाई ध्यान राखेर नेतृत्व वर्गबाट निर्वाह हुने जवाफदेही भूमिकाले मात्र मानव अधिकार संरक्षण हुनसक्ने बताए ।

प्रदेशमा गत वर्ष राज्यपक्षबाट १२ महिला र ६१ पुरूष तथा गैरराज्य पक्षबाट ५१५ महिला र ५२ पुरूष गरी ६४० पीडित भएका अभिलेख गरिएको थियो ।

कमेन्ट गर्नुहोस्