कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
कैलालीको जानकी गाउँपालिकाले चार सयजना गर्भवती महिलालाई पोषण उपहार प्रदान गरेको छ ।
गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरुप खानेकुरा र नगद प्रदान गरेको हो । गाउँपालिकाले हरेक महिलालाई पोषण उपहारमा एक क्यारेट अण्डा, आयोडिन नुन, सरसफाइका सामान र रु एक हजार प्रदान गरेको छ ।
अमरावतीकी जमुनाकुमारी चौधरीले गाउँपालिकाले गर्भवती महिलाको स्वास्थ्यमा ख्याल गर्न सन्देश दिएको बताइन । ‘पोषण उपहारसँगै गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु र खानपानबारे समेत जानकारी पायौँ,’ चौधरीले भनिन्, ‘यो कार्यक्रमले घरपरिवारलाई समेत गर्भवतीको स्वास्थ्यमा सचेत रहन सजग गराउँछ ।’
वन्देविपुरकी रीता विष्ट पनि गर्भवती छिन् । उनीसँगै कोसेली बुझ्न उनका श्रीमान् पनि साथमा आएका थिए । ‘मेरो श्रीमती गर्भवती भएको सात महिना भयो । यहाँ आएपछि मैले धेरै जानकारी पाएँ,’ रीताका श्रीमान् रमेश विष्टले भने, ‘अब म मेरो श्रीमतीको खानपानमा पूरै ध्यान दिन्छु, उनलाई चाहिने आराम, वातावरणबारे पनि सचेत हुन आवश्यक रहेछ ।’
गाउँपालिकाले आमा र बच्चाको पोषणमा सुधार ल्याउनाका साथै मातृशिशु मृत्युदर घटाउन सहयोग पुगोस् भनी कोसेली कार्यक्रम शुरु गरेको हो ।
गाउँपालिकाले कोसेली वितरणका लागि रु सात लाख विनियोजन गरेको छ । गाउँपालिकाले दुई चरणमा कोसेली दिने तयारी गरेको छ । पहिलो चरणमा फागुन महिनामा र दोस्रो चरणमा जेठ मसान्तमा कोसेली दिइने गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए ।
‘ग्रामीण महिला गर्भावस्थामा खानपानमा ध्यान दिँदैनन्, जसले बच्चा र आमाको स्वास्थ्यमा असर गर्छ,’ अध्यक्ष चौधरी भन्छन्, ‘सचेतना फैलाउने उद्देश्यका साथ कोसेली दिन थालेका हौँ । एक दिन मात्र दिएर पोषण वृद्धि त हुँदैन तर महिला र तिनका परिवार सचेत हुन सक्छन् ।’
जन्मिने बच्चालाई स्वस्थ बनाउन पोषण उपहार कार्यक्रम सहयोगी हुने उपाध्यक्ष उमा महतोले बताइन् । ‘हाम्रो समाजमा गरिबी छ । बुहारीले घरका सबैले खाना खाएपछि खाने चलन छ । अन्त्यमा खाने बुहारीलाई खाना नपुगे उनीहरु भोकै बस्छन्,’ उपाध्यक्ष महत्तो भन्छिन्, ‘अनि कसरी पोषणमा सुधार आउँछ । धेरै महिलामा रक्तअल्पत्ताको समस्या देखिन्छ, बच्चा जन्माउँदा रगत आवश्यक पर्छ । त्यसकारण यो अभियान थालिएको हो ।’
उपाध्यक्ष महतोले महिलालाई गर्भावस्थामा विशेष ध्यान दिन सचेतनासमेत फैलाउन थालिएको बताइन् । गाउँपालिकाले स्वास्थ्य संस्थामा गर्भजाँचमा आएका महिलालाई मात्र यो कोसेली दिने गरेको छ । स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले नियमित गर्भजाँच गर्ने बानीको विकास गर्नका लागि पनि कोसेलीले सघाउने बताए ।
‘गर्भावस्थामा महिलाले पटकपटक खानेकुरा खाने, सरसफाइमा ध्यान दिने, आराम गर्ने, मानसिक थकान कम गर्ने जस्ता कुराहरु पनि सिकाउन थालेका छौँ,’ स्वास्थ्य शाखाप्रमुख चौधरी भन्छन्, ‘यो अवस्थामा गर्भवती खुशी हुन नसकेमा त्यसको असर बच्चामा पनि पर्छ । महिला र तिनका परिवारले विशेष ख्याल गर्नुपर्छ ।’
गाउँटोलमा कोसेली कार्यक्रमबारे महिला स्वास्थ्य स्वयम्सेविकाले जानकारी दिने गरेका छन् ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...