कात्तिक १६, २०८०
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
दैलेख जिल्लाको पश्चिमी आठबीस क्षेत्रबाट सदरमुकाम पुग्न दुई दिन लाग्ने समय थियो २०६० सम्म । सदरमुकाम नारायण नगरपालिकाको नयाँ बजारदेखि पश्चिमतर्फ ५० किलोमिटरभन्दा बढी टाढा रहेको उक्त क्षेत्र अत्यन्तै विकट बस्तीका रूपमा थियो । दैलेख बजारमा कुनै पदका लागि विज्ञापन खुलेको थाहा पाउँदा फाराम भर्नका लागि आठबीसबाट त्यहाँ पुग्दा समय गुज्रिसकेको हुन्थ्यो । सुगमका मानिसहरूले जागिर भेट्टाउँथे, दुर्गमका जिल्ला !
हालको आठबीस नगरपालिकाका वडामा रुपान्तरित भइसकेका तत्कालीन पिपलकोट, सिंहासैन, राकम कर्णाली, तिलेपाटा, सिंगौडी, सात्ताला गाविसहरू अत्यन्तै विकट थिए । नागरिकता बनाउन होस् या उच्च शिक्षा अध्ययन गर्न नै किन नहोस्, सडक नपुगेका कारण दुई दिन हिँड्न पर्ने बाध्यता यहाँका जनताले भोग्दै आइरहेका थिए । गुणस्तरीय शिक्षाको अभाव, भारतका विभिन्न स्थानमा रोजगारी गर्न जाने युवाका कारण भित्रिएको एचआईभी, धामी झाँक्रीको भरमा चलेको जिन्दगी, स्वास्थ्य सेवाको पहुँच अभाव, छाउपडी प्रथा, छुवाछुत अनि अन्य रुढीवादी संस्कारले गिजोलेको क्षेत्रका बासिन्दाका दु:खसुखका साथी हुन् रनीदेवी बोहरा ।
आठबीस नगरपालिकाको वडा नं. ४ राकम कर्णालीमा जन्मेकी बोहराको जीवन निकै संघर्षपूर्ण रह्यो । बालविवाह गर्न परिवारबाट बाध्य भएकी बोहराले २२ वर्षकै उमेरमा एकल महिलाको रूपमा छोराछोरी हुर्काउनुपर्ने, शिक्षा दिक्षा दिलाउनुपर्ने, पुरुषप्रधान समाजमा संघर्ष गर्दै अघि बढ्नुपर्ने बाध्यता आइलागेको थियो ।
*****
२०२७ भदौमा जन्मिएकी उनका तीन दिदिबहिनी र दुई दाजुभाई थिए । उनका बुवा उदयसिंह माझी पूर्वप्रधानपञ्च । परिवार मध्यम वर्गीय थियो । जग्गा जमिन पनि प्रशस्त थियो । खान-लगाउन दु:ख थिएन । दाजु नरबहादुर माझी र भाई मानबहादुर माझी हुलाकमा काम गर्थे ।
उनी चार बहिनीमध्ये कान्छी थिइन् । ‘उतिबेला छोरीलाई अर्काको घर जाने जात भएका कारण पढाउन हुँदैन भन्ने मान्यता हावी थियो । छोरा जन्मेपछि खुशियाली मनाउने र छोरालाई मात्रै विद्यालयमा पढाउन पठाउने चलन थियो । दिदिलाई पनि विद्यालयमा पढाउन पठाइएन बरू भाइलाई हेर्न भन्दै विद्यालय भाइको गोठालोको रूपमा मलाई पनि पठाइयो,' पुराना दिन सम्झिइन् उनले । त्यही मौकामा उनले पनि ६ कक्षासम्म अध्ययन गर्ने अवसर पाइन् । तर पढाइले निरन्तरता पाउन सकेन । अनि १६ वर्षको उमेरमै विवाह गरिन् । विवाहपछिको जीवन ठीकठाक चल्दै थियो । उनी २३ वर्षको हुँदा नियतिले ठग्यो, श्रीमान गुमाइन् ।
दुई बच्चा थिए । श्रीमान गुमाएको दुई दिनपछि उनले अर्को छोरालाई जन्म दिइन् । उता श्रीमान वितेको पीडा, यता सुत्केरी हुँदाको दुःख । तर पनि सहिन् उनले । जिन्दगीसँग हार मानिनन् । जिउले प्रण गरिन् । तरपनि उनीमाथि अर्को ब्रजपात आइलाग्यो- तेस्रो सन्तानले दुई महिना नपुग्दै संसार छोड्यो । त्यसपछि उनले निश्चय गरिन्- म आफ्ना दुई सन्तानका लागि जसरी पनि बाँच्छु, उनीहरूलाई मैले भोगेको दु:खबाट मुक्त गराउँछु । शिक्षित र सचेत नागरिक बनाउँछु ।
तर उनले सोचेजस्तो अवस्था थिएन । आर्थिक अभावको समस्या झन्झन् बढ्दै थियो । 'आर्थिक अवस्था कमजोर भइरहेको थियो । सन्तान ठूल्ठूला हुँदै गइरहेका थिए । मैले कतै न कतै जागिर गर्नैपर्ने बाध्यता आइलाग्यो,' नमिठा अतित सम्झिन्छिन् उनी ।
*****
२०५३ सालमा उनले नेपालगञ्जमा गएर मातृ शिशु कार्यकर्ता मासिकाको तालिम लिएकी थिइन् । त्यतिबेला त्यस्तो तालिम लिएकाहरूको संख्या अत्यन्तै न्यून थियो । २०५४ सालमा जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखले सिंहासैन स्वास्थ्य चौकीमा मासिकाको रूपमा मंसिरमा काम गर्न खटाएको थियो । उनले केही वर्ष अस्थायी रूपमा त्यहाँ काम गरिन् ।
अस्थायी रूपमा काम गरिहँदा उनीमाथि अर्को समस्या आइपर्यो । २०५७ सालमा कर्णाली नदी उर्लेर आयो । साउनमा आएको उक्त कर्णालीको भलले घरजग्गा सबै बगायो । खानादेखि नानासम्म केही बाँकी राखेन । अर्काको घरको आश्रय लिएर बस्नुपर्ने अवस्था आयो । उनी यो समस्याबाट मुक्त हुन खोज्दै गर्दा उनले गरिरहेको मासिका पदको जागिर पनि खुस्कियो । अब लोकसेवामा नाम निकालेर मात्रै जागिर खाने व्यवस्था आयो ।
२०५९ सालतिरको कुरा हो । अस्थायी जागिर छुटेपछि उनले लोकसेवा आयोगबाट जसरी पनि नाम निकाल्ने सोच बनाइन् ।
बच्चासहित उनी सुर्खेत आइन् । लोकसेवा आयोगको परीक्षाका लागि पढ्न थालिन् । तर उनीसँग समय कम हुन्थ्यो । छोराछोरीलाई खुवाएर, विद्यालय पठाएर बचेको समयमा उनी परीक्षाको तयारीमा लाग्थिन् । डेढ वर्षको मेहनतले काम गर्यो । उनी लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण भइन् ।
२०५९ साल जेठ २ गते मासिका पदमा उनले नियुक्ति पाइन् । सिहांसैनमा नै सेवा गर्ने उद्देश्यसहित उनले त्यहिँको नियुक्ति पाइन् र मासिका पदमै स्थापित भइन् ।
‘मैले आठ कक्षा पासमै लोकसेवा पास गरेको हो । एसएलसीपछि दिएको हुँ । २०६६ मा एसएलसी दिएको हो । इन्टर पनि दिएकी थिएँ । कार्य व्यस्तताका कारण नियमितता दिन सकिन,’ उनी भन्छिन् ।
*****
उतिबेला गाउँ घरमा यौनरोगका बारेमा कोही पनि खुलेर कुरा गर्दैनथे । महिलाहरू त फोनमा कुरा गर्न सक्ने अवस्थामा पनि थिएनन् । अधिकांश महिला दिदिबहिनीहरूको पाठेघर खसेको कुरा उनले थाहा पाइन् । तर रोग थाहा पाएर मात्र के गर्नु र ? उनलाई उक्त रोगको उपचार गर्ने विधि थाहा थिएन । यसैक्रममा उनी दैलेख बजारमा स्वास्थ्य सम्वन्धी तालिम लिन गइन् । त्यहाँ उनले चिनेकी एक स्वास्थ्यकर्मीसँग पाठेघर खसेकाको उपचारबारे सात दिनसम्म एक्लै तालिम लिइन् । २०६१ सालमा पनि राकमकर्णालीमा यातायातको सहज पहुँच नपुगेको अवस्था थियो । तल्लो डुंगेश्वरसम्म मात्रै सवारीसाधनहरू चल्थे । सोही समयमा पनि उनले गाउँका महिलाहरू पाठेघर खस्ने रोगबाट मुक्ति दिलाउन पाठेघरमा रिङ राख्ने बारे सीप सिकिन् ।
सबै खालका रिङ राख्न सिकेर उनी कार्यक्षेत्र सिंहासैन फर्किइन । ‘हाम्रो क्षेत्रमा सबैभन्दा ठूलो समस्या पाठेघर खस्नु नै हो । औषधि चलाएर, फलोअप गराउने बानीको विकास गराएँ । अहिलेपनि गाउँमा यो समस्या व्यापक नै छ तर उपचार सहज छ तर उतिबेलाको अवस्था अहिले सम्झँदा आङ नै सिरिङ्ग हुन्छ,’ उनी भन्छिन्, ‘८५ जनाको रिङ पेशरी गरेका थियौं । २२ जनालाई अप्रेशन गर्न रेफर गरेका छौं ।’
गर्वका क्षण
आठबीस नगरपालिकाको वडा नं. ९ छेपाडीकी एक महिलाको पाठेघर खसेका कारण गर्भ बस्न नसकेको रहेछ । उनको १३ वर्षको बच्चा रहेछ । उनीहरूले अर्को एक बच्चा जन्माउन खोजेका रहेछन् । उपचारको क्रममा उनीहरूले धेरै ठाउँ धाएछन् । तर समस्याको समाधान भएनछ । कसैले बोहराले समस्या समाधान गर्न सक्छिन् भन्ने खबर उनीहरूको दम्पतीलाई सुनाएछन् । उनीहरू राकम आए, बोहरालाई भेटे । बोहराले ओषधि उपचार गरिन् । रिङ राखिन् । भिडियो एक्स-रे पनि भयो । अन्तत: फागुन ५ गते उनले बच्चा पनि जन्माइन् । चार गते राति चार बजेदेखि उनलाई फोन आएको थियो । त्यहाँको स्टाफलाई बोहराले उनको घरमा पठाइन् । 'परु बहिनी अनमी थिइन् । सन्तान जन्मेपछि बाजा बजाएछन् । मेरो नाम लिँदै भगवान भन्दै धन्यवाद दिएछन् । मलाई त्यो सुन्दा गर्व लाग्यो,' उनी भन्छिन् ।
उनले यस्ता ४४ जनाभन्दा बढी गाउँका पाठेघर खसेका महिलाहरूको उपचार गराएकी छन् । 'पाठेघर खसेका महिला दिदीबहिनीहरूले मलाई एकान्तमा रोगबारे भन्थे, रुन्थे । अनि मैले उनीहरूको उपचार गर्थेँ,' उनी भन्छिन् ।
अर्को घटना
७० वर्षको उमेरमा सिंहासैनकै एक वृद्धाको पनि उनले पाठेघरको समस्याको उपचार गराइन् । 'मैले अप्रेशन गराएँ । सत्तरी वर्षीया आमाको मैले जिम्मा लिएर अप्रेशन गराएकी थिएँ । कयौं वर्षदेखिको पीडाबाट मुक्त हुँदा उहाँले मेरो प्रशंसा गर्नुहुन्थ्यो । उहाँ अहिले यो संसारमा हुनुहुन्न,' उनी भन्छिन्, 'अप्रेशन गरेको सात वर्षसम्म उहाँमा उक्त समस्या दोहोरिएन ।’
सुत्केरी हुन नसक्दा अहिले पनि उनलाई बोलाइन्छ । उनी आफूले कालो पोलिथिन प्रयोग गरेर भएपनि सुत्केरीको ज्यान बचाएको बताउँछिन् ।
ताउनीमा तीन दिनदेखि एक महिलालाई सुत्केरी व्यथा लागेको रहेछ । बोहरालाई आउन खबर गरियो । किटबाकस बोकेर उनी राति नै पुगिन् । 'बच्चा देखिएको थियो । तालिम अनुसार बच्चा झिक्ने काम भयो । आमालाई सहज बनाइयो । तर बच्चाले केही पनि चालचुल गरेन । कृतिम श्वास दिएर बच्चालाई बचाउने प्रयास गर्छु भनेर मैले मुख गाडेरै नवजात शिशुलाई कृत्रिम श्वास दिएँ,' आफ्नो जीवनको ऐतिहासिक घटनाबारे उनले सुनाइन्, 'लगातार एक घण्टाको प्रयासपछि बच्चालाई पनि बचाउन सकेँ । मेरो जिन्दगीमा घटेको यो ऐतिहासिक पल नै हो ।’
*****
उतिबेला गाउँमा एचआईभी संक्रमितका कुरा नगर्ने चलन थियो, व्यथा नभन्ने, एक्लै रुने गर्थे पीडित महिलाहरू । तर बोहराले उनीहरूलाई सम्झाइन्, बुझाइन् अनि कुरा सुन्न थालिन् । ‘उनीहरू समाजमा पुरै खुल्न सक्ने अवस्थामा थिएनन् । समूह बनाएर हाल वडा नं. ४ का वडा अध्यक्ष रणबहादुर माझी, आठबीस नगरपालिकाकी उपप्रमुख दिपा बोहोरासहितले भीसीडी गर्न पठाउने, औषधि आफैंले बोकेर ल्याएर खुवाउने गर्थ्यौं,' उनी भन्छिन्, ‘२०६६ साल देखि यही औषधि खुवाइरहेका छौं । कसैको अवस्था गाह्रो थियो । कमाउने कोही थिएनन् । अहिलेपनि सहयोग नपाएका धेरैलाई उपचारको लागि आर्थिक सहयोग पनि गरेको छु । रोल, राकम, खड्कागडेनका धेरै महिलालाई आर्थिक सहयोग भ्याएसम्म गरेकी छु ।’
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...