कुखुरा व्यवसायबाट मनग्यै आम्दानी

डोटीको दिपायल सिलगढी नगरपालिका– ४ कुमालीकोटकी ३५ वर्षीया शारदादेवी विष्टले कुखुरापालन व्यवसायबाट हिजोआज राम्रो आम्दानी गर्न थालेकी छन् । उनले एक वर्ष पहिलेदेखि कुखुरापालन व्यवसाय शुरू गरेकी हुन् ।

कुखुरा व्यवसायबाट फाइदा भएको रकमले उनले एक छोरी बार्डिङ स्कुल पढाउनुका साथै घर खर्च राम्रैसँग धानेकी छन् । उनी एक हातको अपाङ्गता भएकी महिला हुन् ।


Advertisement

वर्षांै पहिले दुर्घटनामा पर्दा उनको दाँहिने हात काटिएको छ । १ वर्ष पहिले अपाङ्ग सेवा संघ सिलगढीले १० हजार रुपैयाँका उन्नत जातका कुखुराका चल्ला र १० हजार रुपैयाँ बराबरको खोर निर्माणका लागि आर्थिक सहयोग गरेपछि आफूले उक्त व्यवसाय शुरू गरेको उनले बताइन् ।

हिजोआज कुखुरा किन्ने फार्ममा पुग्ने गरेका उनले जानकारी दिइन् । लोकल तथा उन्नत जातका कुखुरा भएका कारण ग्राहक खोज्नुपर्ने समस्या नभएको उनले बताइन् । उनले लोकल कुखुरा जिउँदो प्रतिकिलो ६०० रुपैयाँका दरले बिक्री गर्दै आएकी छन् । 


Advertisement

व्यवसायबाट मासिक १५ देखि २० हजार रुपैयाँको हाराहारीमा आम्दानी हुने गरेको उनले बताइन् । कुखुरा व्यवसायको आम्दानीबाट उनी अहिले निकै खुशी र सुखी जीवन जिउँदै छिन् । उनको फार्मले कुखुराका चल्लासमेत उत्पादन गर्दै आएको छ । 

कमेन्ट गर्नुहोस्