×

NMB BANK
NIC ASIA

क्यानभासमा रवीन्द्र

फागुन १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पोखराका कलाकारले स्व. रविन्द्र अधिकारीलाई आफ्नो क्यानभासमा उतारेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

फागुन १५ नजिकिँदै गर्दा प्रथम स्मृति दिवसका सन्दर्भमा कलाकारले ‘क्यानभासमा रवीन्द्र’ शीर्षक दिएर उनको व्यक्तित्व र कामलाई क्यानभासमा उतारेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न चित्राकृतिबाट रवीन्द्रको व्यक्तित्वलाई क्यानभासमा उतारिरहेका कलाकार एवं कार्यक्रमका संयोजक रमेश श्रेष्ठले भने, ‘मैले वर्षौंदेखिको मित्रता गुमाएको एक वर्ष पुग्यो । उहाँलाई क्यानभासमा उर्तान मलाई पीडा भइरहेको छ । शब्द हराएको छ, आँखा अगाडि उहाँको हँसिलो अनुहारले मेरा हातलाई अल्झाइरहेको छ । फेरि पनि एउटा प्रयास गरिरहेको छु ।’


Advertisment
Nabil box
Kumari

कलाकार देवी राईले रवीन्द्रको व्यक्तित्वबाट आफू प्रभावित भएको र त्यसैलाई क्यानभासमा उतारेको बताए । ‘मैले धेरै चोटी उहाँलाई भेटेको छु, सधैं म उहाँको आदर्श व्यक्तित्वबाट प्रभावित भएको थिए । आज उहाँ हाम्रो माझ हुनुहुन्न, कलाको माध्यमबाट सम्झने प्रयास गरेको छु,’ उनले भने ।

Vianet communication
Laxmi Bank

कलाकार कमल गुरुङले रवीन्द्रलाई विकासप्रेमी नेताका रुपमा चित्राकृतिमा उतारेको बताए । ‘देशको एक विकासप्रेमी नेताका रूपमा चिनेको थिए, उहाँलाई दूरदृष्टि भएको नेताको आत्मविश्वासको अनुहारलाई ‘फोकस आउट’ गरेको छु,’ उनले भने ।

कार्यशालामा पोखरा र काठमाडौंका १५ कलाकारको सहभागिता थियो । सिर्जना गरिएका कला फागुन १५ गते रवीन्द्र अधिकारी स्मृति दिवसमा प्रदर्शन गरिने संयोजक श्रेष्ठले बताए ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले स्व. अधिकारीको प्रथम स्मृतिमा कला कार्यशालाको आयोजना गरेको हो । गत वर्ष फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी अधिकारीसहित ७ जनाको निधन भएको थियो । उनको ‘समृद्ध नेपाल’ र ‘लोकतन्त्र तथा संविधानसभा र राज्य पुनर्संरचना’ २ पुस्तक प्रकाशित छन् । अधिकारीको सम्झनामा गत जेठ १८ गते प्रतिष्ठान स्थापना गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x