नेकपा सचिवालय बैठकमा नेताहरु एकमत: 'एमसीसी परिमार्जन गरेर मात्र अनुमोदन गर्नुपर्छ'

फाइल फोटो।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा केही परिमार्जन गरेर मात्र संसदबाट अनुमोदन गर्नुपर्ने सहमति गरेको छ।

एमसीसी अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएपछि नेकपा सचिवालयको पहिलो बैठक शनिबार बसेकोमा नेताहरुले कार्यदलको प्रतिवेदन अनुरुप अघि बढ्नु पर्ने बताएका हुन्।


Advertisement


वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले शुक्रवार अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको थियो।

नेकपाका उपाध्यक्ष बामदेव गौतमका अनुसार ‘सचिवालयका सदस्यहरु एमसीसी परिमार्जन नगरी अनुमाेदन गर्नुहुँदैन भन्ने निष्कर्षमा पुगेका’ छन्। यद्यपि, एमसीसीबारे अर्को बैठकबाट निर्णय गर्ने छलफल भएको छ। 


Advertisement

सचिवालय बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएको सन्दर्भमा समेत छलफल भएको थियो।

बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बाहेक अन्य सबै सचिवालय सदस्य उपस्थित थिए।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्