विश्व नेपाली साहित्य महोत्सवको तयारी अन्तिम चरणमा, राष्ट्रपतिले उदघाटन गर्ने

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

कैलालीको धनगढीमा आयोजना हुन लागेको विश्व नेपाली साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

‘नेपाली भाषा, नेपाली जाति, नेपाली पहिचान, विश्वलाई जोड्ने कला संस्कृति हो हाम्रो स्वाभिमान’ नाराका साथ सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा फागुन १४-२० गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हाे।


Advertisement

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष रामलाल जोशीले  महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने जानकारी दिए। महोत्सवमा विभिन्न मुलुकका लेखक तथा साहित्यकारको जमघट हुनेछ । 

यसैबीच, समाजले महोत्सवको कार्यतालिका र लोगो सार्वजनिक गरेको छ। कार्यक्रम तालिका अनुसार पहिलो दिन राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी र वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्री, सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङलगायत स्रष्टालाई सम्मान गर्ने कार्यक्रम छ।


Advertisement

साँस्कृतिक झाँकीसहित प्रत्येक दिन भाषा, साहित्य, कला, संस्कृति, इतिहास, राजनीतिलगायत विविध सवालमा सम्बन्धित व्यक्तिबीच छलफल हुने जनाइएको छ।

महोत्सव संयोजक यज्ञराज उपाध्यायले सुदूरपश्चिमलाई विश्वभरि चिनाउन महोत्सवको आयोजना गरिएको बताए। सुदूरपश्चिम देव भूमी रहनुका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण, भाषा र सभ्यताको उद्गमन स्थल र संस्कृतिको भण्डार भएपनि सुदूरपश्चिमलाई हालसम्म छाउपडी, हलियाको प्रदेश भनी संसार भरी बदनाम गरिएको दुखेसो पोख्दै उनले त्यस्ता नकारात्मक कुरालाई चिर्नलाई पनि महोत्सव आयोजना गरिएको बताए।

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्