कात्तिक १६, २०८०
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
युवायुवती विवाहपछि मोटाएका देखेकै छौँ। अझ साथी भाइबीच त बिहेपछि त मोटाइस् नि भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ। विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ।
फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ।
एक अर्काेअनुसन्धानका अनुसार विवाहको ५ वर्षभित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ। विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो।
हर्मोनल चेन्जः विवाह पछिको परिवर्तित दैनिकी र जीवनशैलीका कारण शरिरमा थुप्रै हर्मोनल चेन्ज हुने गर्दछ । यो तौल बढाउनका लागि जिम्मेवार हुनसक्छ ।
निन्द्रा नपुग्नुःविवाह पछि व्यस्त समय तालिकाका कारण थुप्रै मानिसहरु पर्याप्त निदाउन पाउँदैनन् । अध्ययनका अनुसार दैनिक ७–८ घण्टा राम्रोसँग नसुत्दा शरिरको मेटाबोलिजम कम हुने गर्दछ जसले तौल बढ्ने गर्दछ ।
तनावः विवाह पछि जीवनमा आएको परिवर्तनका कारण मानिसहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढ्ने गर्दछ ।
सोचमा परिवर्तनः मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ।
दैनिकीमा परिवर्तनः एक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर विवाह पछि प्राथमिकता परिवर्तन हुन्छ । मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन्। शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ।
उमेरको असरः आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरिरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ।
आउटिंगः विवाह पछि हनिमुन जाँदा बाहिरको खाना साधारण हुन्छ । यसका साथै धेरैजसो जोडी विकेन्ड र आउटिंग भन्दै बाहिर खाना खान रुचाउँछन् । यी हाइ क्यालोरी खाना तौल बढाउनको लागि जिम्मेवार हुन्छन्।
डाइटमा परिवर्तनः विवाह पछि आफन्तकोमा जानु पर्ने रितिरिवाज हुन्छ जहाँ धेरैजसो हेभी खाना हुने गर्दछ । धेरै जोडीको खाना खानको लागि निश्चित समय पनि हुँदैन । यसले तौल बढ्छ।
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...