एसिडपीडित चेलीलाई अनुहारको चिन्ता

तस्वीर सौजन्य : गोरखापत्र दैनिक

एसिड हिंसामा परेका महिला न्याय पाउन भौँतारिरहेका छन् । एसिडले पोलिएको अनुहारका कारण पाउने लाञ्छनाबाट जोगिन छोपेर हिँड्न बाध्य छन् ।

चार वर्षअघि ट्युसन पढ्न जाँदै गर्दा सङ्गीता मगर र सीमा बस्नेतमाथि जीवन खड्काले एसिड प्रहार गरेका थिए । एसिडले अनुहार र शरीरका विभिन्न भाग जलेदेखि नै सङ्गीता पीडामै हुनुहुन्छ । एसिड आक्रमणपछि उहाँको पाँच पटक शल्यक्रिया भयो तर अझै दस पटक शल्यक्रिया गर्न बाँकी छ ।


Advertisement

उनले अझै सामान्य हुन सकिरहेकी छैन । पछिल्लो समय आँखामा समस्या देखिएको छ । आफूले जस्तै अरूले हिंसा खेप्न नपरोस् भन्ने चेतना जगाउन लड्दैछु भनिन्।

जुन बेला उनीमाथि एसिड आक्रमण भयो त्यो बेला नेपालको कुनै पनि कानुनमा एसिडले आक्रमण गर्दा कस्तो न्याय दिने वा कस्तो कारबाही चलाउने भन्ने उल्लेख थिएन । त्यसैले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो । मुख्य कानुनी प्रावधानको अभाव रहे पनि अदालतले जीवनलाई हदैसम्मको काराबास सजाय सुनायो । पीडक कारागारमा छ, उनी भने सामाजिक न्याय खोज्दै छिन्। उतिबेला कानुनमा क्षतिपूर्ति र उपचारको कुनै व्यवस्था नहुँदा अहिलेसम्म कुनै राहत पाएकी छैनन् ।


Advertisement

समाजमा पुनस्र्थापना हुन सङ्घर्ष चल्दै गर्दा शरीरको पीडाले बेलाबेला झस्काइरहन्छ । ऊ एसिड छ्यापिएकी सङ्गीता त्यही हो, हेर त कस्तो अनुहार बिग्रिएछ यस्तै भनाइ दिनहुँ सुन्नुपर्छ ।

जेनी खड्कालाई पनि कमलपोखरीमा २०७६ जेठ १ गते उनलाई विष्णु भुजेलले एसिड छ्यापे । उनको कानुनी कारबाही अदालतमा चल्दैछ । मलाई अदालतले मेरो पीडाको त्यो पल सोध्दैन । अहिलेको अवस्था कस्तो छ भनेर मात्र सोध्छ भन्छिन्।

अनुहारको केही भाग र छाती लगायत अन्य स्थानमा परेको एसिडको असर केही कम हुँदैछ । एसिड प्रहार हुँदा प्लास्टिक झैँ पग्लेको अनुहार र शरीर आफ्नो जस्तै नरहेको पीडा उनको आँखा र मुहारमा झल्कन्छ ।

एसिड छ्यापेर त्यस्तो हुँदा पनि अझै समाजमै हिँड्न बाध्य हुनु यो उनले भोगिरहेको पीडा हो । उनी एसिड हान्नेलाई एसिड हान्ने कानुन ल्याउनुपर्छ । अन्य कानुनले पीडकलाई कसरी थाहा दिन्छ कि कति पीडा हुन्छ भन्छिन्। मागमा आक्रोश पनि छ । एसिड हान्नेले पहिल्यै पाउने सजाय र कानुनको लेखाजोखा गरेरै त्यस्तो कदम उठाउने गरेको दाबी गर्छिन्।

वीरगञ्जमा मुस्कान खातुनलाई २०७६ भदौ २१ गते स्कुलबाट फर्कदै गर्दा साम्सद आलमले एसिड छ्याप्यो । मुस्कानको अझै शल्यक्रिया चलिरहेकै छ । त्यस्तै २०७५ असोजमा रौतहटकी सम्झनाकुमारी दासलाई रामबाबु पासवानले एसिड प्रहार गर्‍यो ।

नवलपरासीकी वसन्ती परियारलाई त्यही बेला विमल श्रीपालीले एसिड हाने। एसिड छ्यापिए पछिको पीडादायी जीवन बोकेर उनीहरू सामाजिक न्यायको आशमा जिउने सङ्घर्षमा छन् ।

विगत दस वर्षमा झण्डै तीन दर्जन एसिडकाण्ड भइसकेको एम्नेस्टी इन्टरनेसनलको तथ्याङ्कले जनाएको छ । अहिलेको मुलुकी फौजदारी संहितामा एसिड आक्रमणलाई जघन्य अपराध घोषित गर्दै पाँचदेखि आठ वर्ष कैद सजाय र एक लाखदेखि पाँच लाख रुपियाँ सम्मको जरिवाना पीडकबाट भराउने उल्लेख छ । गोरखापत्र दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्