×

NMB BANK
NIC ASIA

सेक्युरिटी प्रेस प्रकरण : यसकारण ई–पासपोर्ट रद्द

फागुन ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘ई–पासपोर्ट छपाइको अन्तर्राष्ट्रिय बोलपत्र अन्तिम घडीमा आएर किन खारेज भयो ?’ गत कात्तिक २१ गते मध्यरातमा ५० लाख थान ई–पासपोर्ट छपाइ प्रक्रिया रोकिएपछि राहदानी विभागका मुख्य अधिकारीलाई सबैले यही प्रश्न गरे । ती अधिकारीको जवाफ थियो, ‘मलाई केही थाहा छैन, माथि सोध्नुहोस् ।’

Muktinath Bank

यो ‘माथि’ बढीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर बैरागी वा राहदानीका महानिर्देशक रामकाजी खड्कासम्म होला भन्ने अनुमान थियो । त्यही रनाहामा परराष्ट्रमन्त्री ज्ञवालीलाई ‘राहदानीको बोलपत्र किन र कसरी रद्द भयो ?’ भनेर सोधिएको थियो । मन्त्रीको जवाफ थियो, ‘यो नेपाल सरकार, मन्त्रिपरिषद्ले गरेको निर्णय हो । सबै विषय पछि तपाईंहरूलाई बताउँछौं । नेपालले आफ्नै सेक्युरिटी प्रिन्टिङ प्रेस लिने प्रक्रिया निष्कर्षमा पुग्न लागेको छ । आफ्नै प्रेस हुने भएपछि हामी अलिक फरक ढंगले जानुपर्ने भयो । त्यसैले यो संख्या (५० लाख) का लागि टेन्डर गरिराख्नु पर्दैन । प्रेस आउने भन्ने सोचले रिएडजस्ट मात्र गरेको हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री ज्ञवालीले भनेको ‘रिएडजस्ट’ के थियो, त्यो पनि थाहा हुन सकेन । यस बीचमा सतहमा देखिने र नदेखिने काण्ड धेरै भए, विजय मिश्रको नाम चिरपरिचितझैं बन्यो । राज्यसत्ताका विश्वासिला र मुख्य जिम्मेवार पात्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा पदच्युत भए, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल संसदीय समितिसामु ‘नाजवाफ’ बने । यही बीचमा जर्मनीको भेरिडोस, फ्रान्सको इन–ग्रुप, पोल्यान्डको सरकारी कम्पनी पीडब्लूपीडब्लू एसएस, स्विट्जरल्यान्डको केबीए नोटासिस, जापानको कोमोरी कोअपरेसनले नेपालमा सेक्युरिटी प्रेस स्थापना प्रक्रियामा जोडिएर देखिने अथवा नदेखिने गरी प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइपुगे ।


Advertisment
Nabil box
Kumari

तर, यी सबै प्रस्ताव के, किन, कसरी आइपुगे अथवा यीबीचको तुलनात्मक उपलब्धि के हुन सक्ला भन्ने निधोमा नपुगी गत पुस ७ गतेको मन्त्रिपरिषद्ले एउटा निर्णय गर्‍यो । मुख्यसचिव लोकदर्शन रेग्मीको हस्ताक्षरमा सार्वजनिक भएको निर्णयमा लेखिएको थियो, ‘फ्रान्सेली र जर्मनी सरकारका तर्फबाट प्राप्त प्रस्तावमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपयुक्त प्रस्ताव स्वीकृत गरी सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम ५(ख) बमोजिम जी–टू–जी विधिबाट सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिद गर्ने ।’

Vianet communication
Laxmi Bank

स्विस कम्पनी केबीए नोटासिससँग जोडिएर तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन लिन खोजेको प्रमाण बाहिर आएपछि पुराना सन्दर्भ अहिले तानिएका छन् । विशेषतः ई–पासपोर्टको बोलपत्र रद्द गर्नैपर्ने बाध्यकारी अवस्था किन आइपर्‍यो ? ‘त्यसबेला स्पष्ट भइसकेको थियो, जब प्रधानमन्त्री केपी शर्मा ओलीले ५० लाख ई–पासपोर्ट छाप्नुको कुनै तुक नरहेको भन्दै परराष्ट्र मन्त्रालय, राहदानी विभागका प्रमुख पदाधिकारीलाई कात्तिक ६ को साझमा बालुवाटार बोलाएर झाँको झारेका थिए,’ त्यसबेला प्रधानमन्त्रीको खप्की खाएका परराष्ट्रका एक अधिकारी भन्छन्, ‘जी–टू–जीका नाममा जर्मन र फ्रेन्च कम्पनीमा कमिसनको डिल अघि बढिसकेको संकेत पाइसकेका थियौं ।’ उनका अनुसारमा बालुवाटारमा फ्रेन्च र जर्मन कम्पनीका स्थानीय एजेन्टको भेटघाट बढेको एक सातामै ई–पासपोर्टको बोलपत्र रद्द गरिएको थियो ।

प्रधानमन्त्रीले ठाडो र सन्देहास्पद तर्क राखेर त्यसबेला कर्मचारीको ‘सातो लिएका’ थिए । असंलग्न आन्दोलनको बाकु सम्मेलनमा जानु अघिल्लो रात कहींकतै ई–पासपोर्ट प्रक्रिया अघि बढिहाल्ला कि झैं गरेर हतारमै उनले ‘प्रायोजित’ जिज्ञासा राखेका थिए, ‘ई–पासपोर्ट छाप्न कम्तीमा १० वर्ष पुरानो कम्पनी किन चाहियो ?’ बोलपत्र प्रक्रियामा राखिएको प्रस्तावित सेक्युरिटी प्रिन्टिङ कम्पनीको अनुभव कम्तीमा १० वर्ष पुरानो हुनैपर्ने सर्तमा आपत्ति जनाएर प्रधानमन्त्रीले अर्को चरणमा जी–टू–जीबाट जर्मनी सरकारको भेरिडोस कम्पनीलाई प्रतिस्पर्धामा आउने बाटो खोलिदिएका थिए । संसद्को सार्वजनिक लेखा समितिमा बुझाइएको कम्पनी विवरणअनुसार भेरिडोस सन् २०१५ मा मात्रै स्थापना भएको हो ।

८ महिनापछिको संकट

राहदानी विभागका अनुसार २०६७ मंसिरमा सुरु भएको एमआरपी प्रणालीमा ६४ लाख पासपोर्ट वितरण भइसकेको छ । अब झन्डै ६ लाख एमआरपी कपी विभागमा छ जसले बढीमा ८ महिनासम्म मात्रै थेग्छ । ‘अब ई–पासपोर्ट छपाइ वा सेक्युरिटी प्रेस स्थापनाको सम्भावना तत्काल नरहेपछि ८ महिनापछि आइपर्ने संकट हटाउने तयारी गर्नुपर्ने देखिएको छ,’ लेखा समिति सदस्य सांसद धर्मशिला चापागाईंले भनिन्, ‘यसबारे परराष्ट्र मन्त्रालय गम्भीर नभए झैं देखिएको छ ।’

राहदानी विभागसम्बद्ध अधिकारीका अनुसार जस्तैआपतकालीन अवस्थामा नियमानुसार अब ओबर्थर कम्पनीलाई समय थप गरेर वा ‘ग्रेस पिरियड’ मानेर एमआरपी उत्पादनमा थप अधिकार दिन सकिने अवस्था छैन ।
अरूभन्दा पनि राम्रै काम गरिरहेका राहदानी विभागका कर्मचारीसमेत कहिले ई–पासपोर्ट त कहिले सेक्युरिटी प्रेसको बाहिरी ‘चलखेल’का कारण अनाहकमा बदनामी खेपिरहेका छन् । ‘यी सबै चलखेलमा राहदानी विभाग र यहाँका कर्मचारीको कुनै भूमिका छैन भन्ने बुझ्ने–बुझाउने बेला पनि भएको छ,’ ती अधिकारीले भने, ‘अन्यथा केही कारणले एक/दुई पासपोर्टमा गल्ती भेटियो भने पनि सेवाग्राहीले करोडौं रुपैयाँ कमिसनको खेलमा यहाँका कर्मचारी
लागे भन्नेछन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x