माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सरकारले विकास सहायता, पूर्वाधार/आयोजना तथा प्राविधिक मिसनमा आउने विदेशीलाई निःशुल्क प्रवेशाज्ञा, श्रम स्वीकृति र कार्य सहमति दिने ‘विवादास्पद निर्णय’ गरेको छ । गृह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको असहमतिका बीच अर्थमन्त्री युवराज खतिवडाले विदेशी विज्ञ, परामर्शदाता, कर्मचारी, स्वयंसेवक तथा कामदारलाई शुल्क नलिने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित गराएका हुन् ।
Meroghar
मन्त्रिपरिषद् बैठकले माघ २० गते पारित गरेको निर्णयमा विकास सहायता र प्राविधिक मिसनमा आउने विदेशीका पति/पत्नी वा १८ वर्षमुनिका छोराछोरीलाई पनि निःशुल्क भिसा र श्रम स्वीकृति दिने उल्लेख छ । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार भिसा र श्रम स्वीकृति निःशुल्क गर्न र त्यस्ता विदेशीबाट आउने निवेदनअनुसार नै निर्णय गर्न माघ २९ गते गृह, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र र श्रम मन्त्रालयलाई पत्र पठाएको छ । मन्त्रिपरिषद्को नयाँ निर्णयले राजस्व पनि गुम्ने भएको छ भने अर्कातिर प्रक्रियासमेत सरल बनाइएकाले कुनै नियोग वा मिसनको सिफारिसका आधारमा विदेशीले भिसा सजिलै पाउने जोखिम बढेको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भिसा र श्रम स्वीकृति निःशुल्क गर्ने भनी मन्त्रिपरिषद्बाट भएको निर्णय कार्यान्वयनका लागि पत्र आइसकेको बताए । ‘मन्त्रिपरिषद्ले यस विषयमा निर्णय गर्नुअघि हामीले आफ्नो कार्यक्षेत्रमा पर्ने विषयमा राष्ट्रिय हित र संवेदनशीलतालाई ध्यानमा राखेर सुझाव र राय दिएका थियौं,’ प्रवक्ता शर्माले कान्तिपुरसँग भने, ‘यो विषयमा मन्त्रिपरिषद्ले नै निर्णय गरिसकेकाले यसमा हाम्रो कुनै टिप्पणी र धारणा छैन ।’ उनले पहिले सुरुको सम्झौताका निर्णय गर्न राय दिएको पनि जानकारी दिए ।
मन्त्रिपरिषद्बाट निर्णय हुनुअघि अर्थले चारवटै मन्त्रालय, अध्यागमन विभाग र श्रम विभागका सहसचिवहरूसँग छलफल गरेको थियो । छलफलका क्रममा गृह र श्रम मन्त्रालयले अर्थको प्रस्तावमा असन्तुष्टि जनाएका थिए । अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले पटके निर्णयबाट जथाभावी रूपमा दिइँदै आएका भिसा सुविधा रोक्न नयाँ व्यवस्था ल्याउनु परेको दाबी गरे । विकास सहायता, नियोग वा प्राविधिक मिसनअन्तर्गत द्विपक्षीय तथा बहुपक्षीय विकास सहायता र प्राविधिक मिसनसँग प्रत्यक्ष रूपमा संलग्नलाई मात्रै यो सुविधा दिन लागिएको दाबी खत्रीको छ । कूटनीतिक नियोग, विकास सहायता वा मिसनअन्तर्गत आएका व्यक्तिलाई हिजो पटके निर्णय गरेर यो सुविधा दिइन्थ्यो,’ उनले कान्तिपुरसँग भने, ‘त्यसलाई रोक्न र छुट्टै कार्यविधि बनाएर व्यवस्थित गर्न नयाँ प्रावधान ल्याउनु परेको हो, यसले मुलुकलाई फाइदा नै गर्छ ।’ अर्थका प्रवक्ता खत्रीले तोकिएका विदेशीले मात्रै निःशुल्क श्रम स्वीकृति र भिसा पाउने दाबी गरे ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले मन्त्रिपरिषद्बाट भएको निर्णयलाई गलत अर्थ लगाएर विदेशीले निःशुल्क भिसा र श्रम स्वीकृति लिन सक्नेप्रति आफूहरू सचेत र सजग रहेको बताए । ‘अर्थ मन्त्रालयले सम्झौता गरेका विदेशी विकास सहायता तथा मिसनसँग सम्बन्धित फ्रेमवर्क एग्रिमेन्ट बाहेकलाई यस्तो सुविधा दिँदैनौं,’ उनले भने, ‘मन्त्रिपरिषद्को पछिल्लो निर्णयलाई देखाएर शुक्रबार मात्रै एक जना विदेशी निःशुल्क भिसाको आवेदन लिएर आएका थिए, हामीले फर्काइदियौं ।’ नेपालको भिसा प्राप्ति र श्रम स्वीकृतिको प्रक्रिया झन्झटिलो भएको भन्दै विदेशीहरूले सहज र सरल बनाइदिन यसअघि आग्रह गर्दै आएको पनि उनले बताए ।
यसअघि दातृ निकायसँग विभिन्न समयमा भएका वित्तीय सम्झौतामा निःशुल्क प्रवेशाज्ञाको प्रावधान छैन । तर त्यस्ता सम्झौताअनुसार आएका विदेशीलाई कर, महसुल तथा शुल्क छुट गरिँदै आएको थियो । ‘ग्राटिस भिसा’ का नाममा उनीहरूलाई अर्थ मन्त्रालयको सिफारिसमा औचित्य र आवश्यकता हेरी गृह मन्त्रालयले त्यस्तो छुट दिने गरेको थियो । कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारीले पाउँदै आएको सुविधा अन्य विदेशीले पनि लिन सक्नेछन् ।
साउनयता मात्रै गृह मन्त्रालयले पर्यटक भिसामा आएर गैरकानुनी रूपमा काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृ निकाय, परामर्शदाता तथा विकास/सहायतासम्बन्धी परियोजनासँग आबद्ध १ सय ९२ जनालाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको थियो ।
श्रम नियमावली २०७५ को दफा १० अनुसार ६ महिनासम्मका लागि श्रम स्वीकृति र कार्यसहमति लिन प्रत्येक विदेशी नागरिकले १५ हजार रुपैयाँ र ६ महिनामाथिको स्वीकृति लिन २० हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ । यसैगरी अध्यागमन नियमावली २०५१ मा विदेशी नागरिकले ‘वर्किङ भिसा’ लिन प्रतिमहिना ७५ डलर, मल्टिपल भिसा लिन थप ६० डलर र अध्यागमन प्वाइन्टबाट ‘सिंगल इन्ट्री’ मा थप २० डलर शुल्क बुझाउनुपर्ने व्यवस्था छ । मन्त्रिपरिषद्को यो निर्णयले श्रम र अध्यागमन कानुनअनुसार प्राप्त हुने राजस्व गुम्नेछ ।
सरकारले कूटनीतिक नियोगका पदाधिकारी तथा कर्मचारीसहित रातो र नीलो राहदानी वाहक विदेशीलाई मात्रै ‘ग्राटिस भिसा’ का नाममा यस्तो सुविधा दिँदै आएको थियो । तर अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी), जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), अर्थ मन्त्रालयले हरेक वर्ष सम्झौता गर्ने विकास सहायतासम्बन्धी परियोजना, नेपालमा कार्यरत विदेशी निर्माण कम्पनीका सञ्चालक, ठेकेदार तथा कामदारले पनि गैरकानुनी रूपमा ग्राटिस भिसा लिँदै आएका छन् ।
पछिल्लो निर्णयअनुसार विदेशी विज्ञ एवं परामर्शदाताले सम्बन्धित दातृ निकायको सिफारिस भई आए ग्राटिस भिसा लिन छुट्टै अन्तर्वार्ता पनि दिइरहनुपर्ने छैन । विदेशीले विद्युतीय माध्यमबाट समेत कार्यस्वीकृतिको स्वघोषणा गरे पुग्छ । मन्त्रिपरिषद् निर्णयअघि श्रम स्वीकृति र भिसा लिन सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्थ्यो ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विदेशी नागरिकको श्रम इजाजत व्यवस्थापनसम्बन्धी निर्देशिका–२०७५ अनुसार विदेशी नागरिकलाई गृह मन्त्रालयको सिफारिसमा श्रम इजाजत दिँदै आएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको हकमा समाज कल्याण परिषद्सँग भएको साधारण सम्झौतामा उल्लिखित देशीय प्रतिनिधि तथा आयोजना सम्झौतामा उल्लिखित विदेशी नागरिकले पनि श्रम स्वीकृति लिनुपर्ने निर्देशिकामा उल्लेख छ । ‘श्रम ऐन र नियमावलीले पनि श्रम इजाजतको दस्तुर निःशुल्क दिनुपर्ने विषय कतै उल्लेख गरेको देखिन्न,’ विभागका एक अधिकारीले भने, ‘यस विषयमा श्रम मन्त्रालयसँग थप छलफल गर्नुपर्छ ।’
श्रम मन्त्रालयका अधिकारीले पनि ऐनभन्दा माथि गएर निर्णय गर्दा अन्योल बढेको बताए । विकास सहायता तथा प्राविधिक मिसनका क्रममा छोटो समयका लागि आउने विदेशीलाई श्रम र भिसामा केही खुकुलो प्रावधान बनाउन सकिने भए पनि निःशुल्क व्यवस्था नै ल्याउनु गलत भएको ती अधिकारीको भनाइ छ । ‘श्रम ऐनको भावना प्रतिकूल हुनेगरी निर्णय गरिनु हुँदैन,’ उनले भने, ‘मन्त्रिपरिषद्को पछिल्लो निर्णयले गृह, श्रम र अर्थ मन्त्रालयबीच समन्वय नै भएको देखिएन ।’
श्रमका ती अधिकारीले विकास सहायता र प्राविधिक मिसनमा आउने विदेशीका आश्रित पति/पत्नी वा १८ वर्षमुनिका छोराछोरीलाई पनि निःशुल्क भिसा र श्रम स्वीकृति दिने निर्णय गैरकानुनी र मुलुकको हितविपरीत रहेको बताए । ‘ग्राटिस भिसा पाएका विदेशीका छोराछोरीलाई समेत निःशुल्क भिसा दिने उल्लेख छ, यो गलत हो । अहिलेसम्म यस्तो छुट दिने अभ्यास थिएन । यो निर्णय श्रम ऐनविपरीत छ,’ उनले भने, ‘श्रम स्वीकृतिको शुल्कलाई अनिवार्य नै गर्नुपर्छ, विदेशीलाई निःशुल्क दिने श्रम स्वीकृतिको उद्देश्य वा नियत के हो, स्पष्ट पारिनुपर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...