कात्तिक २५, २०८०
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
फागुन ११, २०७६
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ जनमैत्री बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एसिया बैंकले न्यू सुपर चामत्कारिक मुद्दति निक्षेप योजनामा उच्च ब्याजका साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्दति निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक तथा अद्वितीय सुविधा साँच्चै चामत्कारिक छ ।
सामान्यतया मुद्दति खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाई छ । तर यस बैंकको न्यू सुपर चामत्कारिक मुद्दति निक्षेप खातामा सर्वाधिक उच्च ब्याजमात्रै उपलब्ध नभई बीमा सुविधा समेत दिएर मुद्दति खाताको दायरा नै फराकिलो बनाइदिएको छ ।
यो मुद्दति खातामा ग्राहकहरुले उच्च ब्याजदरसँगै तीन विभिन्न बीमा सुविधा पनि पाउन सक्ने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकले जीवनमा आइपर्नसक्ने अकल्पनीय घटनाका लागि २१ लाख रुपैयाँसम्मका तीन चामत्कारिक बीमा सुविधा पाउने छन् ।
यो बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरूपमा अशक्त भएमा रु १० लाखसम्मको बीमा सुविधा उपलब्ध छ । यस्तै, १८ घातक रोगहरूका लागि रु १० लाखसम्म र १ लाखसम्मको औषधि उपचार बीमा सुविधा समेत उपलब्ध छ ।
यसैगरी औषधि उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपिडी) उपचारमा रु. २० हजारसम्म र अस्पताल भर्ना वापत रु. ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ ।
उक्त ओपिडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरूबापत रु. २० हजारसम्मको भरपाइ गर्नेछ ।
एनआईसी एसिया बैंकमा मुद्दति खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दति योजना रहेकोले आफ्ना ग्राहकका लागि एकदमै फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरिसकेका छन् ।
सामान्यतयाः यदि ग्राहकले रु. २१ लाखसम्मको बीमा आफैंले गर्न परेमा करीब १४,००० रुपैयाँ बराबरको बीमा शुल्क बुझाउन पर्ने हुन्छ । तर यस न्यू सुपर चामत्कारिक योजनाअन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधाबापत लाग्ने बीमा शुल्क सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई बैंकले सम्झौता गरे अनुरुप बीमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहकलाई करीब रु. १४,००० को फाइदा पुग्नेछ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालय, ४४५ एटीएम, १०३ वटा एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करीब २० लाख ग्राहक महानुभावका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनैपनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...