कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा देखिएको कमिसन प्रकरणले केन्द्रीय राजनीति तताइरहेका बेला सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' राजधानी छोडेर लाखापाखा लागेका छन् ।
आइतवार बालुवाटारमा ६९औं जन्मदिन मनाएर ओली आफ्नो जन्मस्थान तेह्रथुमको आठराई गाउँपालिका निस्केका छन् भने प्रचण्ड मिथिला परिक्रमा उद्घाटन गर्न जनकपुर पुगेका छन् ।
आइतवार बिहान प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बालुवाटार पुगेका थिए । बालुवाटारमा नेकपाका अन्य नेताहरू भने उपस्थित भएनन् ।
शनिवार बसेको नेकपा सचिवालय बैठकमा नेताहरूबीच कमिसन प्रकरणमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पार्टीले कारवाही गर्ने कि नगर्ने भन्ने विषयमा सामान्य विवाद देखिएको थियो ।
प्रधानमन्त्री ओलीले बाँस्कोटालाई कारवाही गर्ने सरकारको विषय भएकाले पार्टीभित्र यो च्याप्टर क्लोज गर्न आग्रह गरेका थिए ।
बैठकमा अन्य नेताहरूले भने बाँस्कोटालाई पार्टीभित्रबाट कारवाही हुनुपर्ने माग राखे । अध्यक्ष प्रचण्डले यो विषयले पार्टीलाई पनि ठूलो क्षति पुर्याएकाले सोहीअनुसार कदम चाल्नुपर्ने भनाइ राखेका थिए भने उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरूले पार्टीले अनुशासनको कारवाही गर्नुपर्नेमा जोड दिए ।
तर प्रधानमन्त्री ओलीले यो विषय सरकारको कार्यक्षेत्र रहेको र विभिन्न निकायले छानबिन गर्न शुरू गरिसकेको बताएर पार्टीभित्र बहसको विषय नबनाउन आग्रह गरेपछि बाँस्कोटाका बारेमा थप छलफल भएन ।
बास्कोटामार्फत प्रधानमन्त्री ओलीले नै स्वीस कम्पनीसँग 'कमिसन डील' गर्न लगाएको बुझाइ नेकपाका कतिपय नेताहरूको छ ।
नेकपाभित्र पेचिलो बनेको अर्को बहस हो अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन 'एमसीसी'को ।
सरकारका तर्फबाट स्वयं प्रधानमन्त्री ओलीले पटक-पटक एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुने बताएका थिए । तर गत माघ १९ गते सम्पन्न नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले कार्यदलमार्फत हल गर्नुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय टोली बन्यो ।
उक्त टोलीले प्रधानमन्त्रीको अपेक्षाविपरीत केही संवेदनशील बुँदा संशोधन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने सुझाव दियो । शुक्रवार साँझ बालुवाटारमा प्रतिवेदन बुझाएपछि संयोजक खनालले लोकान्तरसँग कुरा गर्दै भने, 'यथास्थितिमा एमसीसी पास हुँदैन ।'
अमेरिकासँग अढाई वर्षअघि भएको सम्झौतापछि एमसीसी परियोजनामा अर्बौं खर्च भइसकेको छ । एमसीसी लागू गर्नुअघि नेपालले पूरा गर्नुपर्ने आधा दर्जन पूर्वशर्तमध्ये संसद्बाट अनुमोदन हुनुपर्ने प्रमुख शर्त हो, जुन पूरा भएको छैन ।
पार्टी केन्द्रीय कमिटीले गठन गरेको कार्यदलको प्रतिवेदनलाई रद्दीको टोकरीमा फाल्ने सुविधा प्रधानमन्त्री ओलीलाई छैन । कार्यदलको सुझाव अनुसार सरकारले एमसीसी संशोधन गर्न पहल थाल्नुपर्नेछ ।
शनिवार नवलपरासीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी कुनै बाइबल जस्तो ग्रन्थ नभएकाले परिमार्जन हुन सक्ने बताएका थिए ।
पुस २७ गते अमेरिकी राजदूत र्यान्डी बेरीले एक कार्यक्रममा एमसीसीमा संशोधन हुन नसक्ने स्पष्ट पारेका थिए । राजदूत बेरी मात्र नभएर एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुकलगायत अमेरिकी अधिकारीहरू नेपाल आएर एमसीसी संसद्बाट अनुमोदन गराउनुपर्ने पक्षमा माहोल सिर्जना गर्न खोजिरहेका छन् ।
सरकार पार्टीको छायाँमा
गतसाल पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा हालका उपाध्यक्ष वामदेव गौतमले १६ पृष्ठ लामो प्रतिवेदन बुझाउँदै प्रधानमन्त्री ओलीलाई कि त अध्यक्ष छाड्न, कि त प्रधानमन्त्री छाड्न आग्रह गरेका थिए । त्यतिबेला ओलीपक्षका केही नेताले गौतमको प्रतिवेदन 'काम नलाग्ने बहस' भन्दै टिप्पणी गरेका थिए ।
गौतमले नै शुरुआत गरेको बहस एकवर्षपछि केही अंशमै भएपनि सार्थक बनेको छ । गत मंसिर ४ गते बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाएर पार्टी हेर्ने जिम्मेवारी सुम्पियो । प्रचण्डले चाहे पार्टीको बैठक बोलाउन सक्ने अधिकार प्रचण्डमा आयो ।
प्रचण्डले आफूमाथि आएको अधिकारको प्रयोग पनि गरिसकेका छन् । पुस २६ गते प्रचण्डकै पहलमा बसेको सचिवालय बैठकले तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामा माग्ने निर्णय गर्यो । पुस २३ गते उपाध्यक्ष गौतमनिवास भैँसेपाटीमा बसेको ओलीइतरको बैठकले तुम्बाहाङ्फेले राजीनामा माग्ने मोटामोटी सहमति गरेको थियो ।
पार्टीले सरकार चलाउने कम्युनिस्ट पार्टीको सैद्धान्तिक नीति हो । प्रधानमन्त्री ओली पार्टीको पनि अध्यक्ष भएकाले सरकार सञ्चालनको दुई वर्षसम्म ओलीले पेलेरै सरकारको लगाम खिचिरहेका थिए । तर पछिल्लो समयमा सरकारमाथि पार्टी हाबी भएको देखिएको छ ।
एमसीसीका सन्दर्भमा पनि प्रधानमन्त्रीले चाहेर मात्र सबैकुरा हुन नसक्ने सन्देश पार्टीले दियो भने बाँस्कोटालाई राजीनामा गर्न दबाब पनि पार्टीका अन्य नेताहरूले नै दिएका थिए । 'तपाईंले राजीनामा माग्नुभएन भने पार्टीको बैठकले आवश्यक निर्णय गर्न सक्छ,' बिहीवार बिहान बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले ओलीलाई चेतावनी शैलीमा यस्तो सुझाव दिएपछि ओली बाँस्कोटाको राजीनामा माग्न बाध्य भए ।
करीब दुईतिहाइ बहुमतसहित २ वर्षसम्म सरकारको बागडोर सम्हालेका प्रधानमन्त्री ओलीको कार्यकाल तुलनात्मक रूपमा सफल नभएको विश्लेषण भइरहँदा पार्टीभित्र ओलीइतर समूह हाबी भएको छ ।
प्रचण्डको पहलमा वरिष्ठ नेताद्वय खनाल, नेपाल र उपाध्यक्ष वामदेव गौतम एक भएपछि पार्टीभित्र ओलीको एकत्व तोडिएको हो ।
प्रधानमन्त्री ओलीले आफू रक्षात्मक भएको महसूस गरेर शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल चलाएका थिए । ओलीले वरिष्ठ नेताद्वय नेपाल, खनाल लगायतका अन्य नेताहरूलाई बालुवाटार बोलाएर आफूबाट केही कमजोरी भएको भए बताइदिन आग्रह गर्ने गरेका थिए ।
पूर्वएमाले समूहलाई बलियो बनाएर अघि बढाउने ओलीको प्रस्तावमा दुवै वरिष्ठ नेता नेपाल र खनाल विश्वस्त हुन नसकेको स्रोतको दाबी छ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...