×

NMB BANK
NIC ASIA

खप्तड गोल्डकप - विवेकको ह्याट्रिकमा नवजागृती क्वाटरफाइनलमा

फागुन ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढीमा जारी सर्वाधिक धनराशीको नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपमा नवजागृति यूवा क्लब क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

Muktinath Bank

धनगढी रंगशालामा आइतवार भएको तेस्रो खेलमा फराकिलो जीत हात पार्दै मोफसलको सो क्लब अन्तिम ८ मा पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा भईरहेको सर्वाधिक धनराशिको गोल्डकपको तेस्रो दिन भएको खेलमा नवजागृति युवा क्लबले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ४–० को फराकिलो अन्तरले हराएको हो ।


Advertisment
Nabil box
Kumari

नव जन जागृतिको जीतमा विवेक चौधरीले ह्याट्रिक गरे । यस्तै १ गोल सागर चौधरीको नाममा रहयो ।

Vianet communication
Laxmi Bank

पहिलो हाफमा मदन भण्डारीसँग गोलरहित बराबरी खेलेको जन जागृतिले दोस्रो हाफमा भने लगातार गोल गर्‍यो । खेलको ५२ औं मिनेटमा सागरले गोल गर्दै टोलीलाई अग्रता दिलाए । मदन भण्डारी स्पोर्ट्सका गोलरक्षक विशाल सुनुवार अगाडी बढेको फाइदा उठाउँदै सागरले सहज गोल गरे ।

खेलको ५९ औं मिनेटमा विवेकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । मदन भण्डारीका गोलरक्षक र डिफेन्डरको तालमेल नमिल्दाको फाइदा विवेकले उठाए । खेलको ७२ औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै जन जागृतिलाई ३–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै विवेकले ह्याट्रिक पुरा गर्दै टोलीलाई ४–० को फराकिलो जित दिलाए । मदन भण्डारी स्पोर्ट्सका गोलरक्षक विशाल सुनुवारले फल गरेपछि पाईएको पेनाल्टीलाई विवेकले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले भने पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न सकेन । खेलको ३५ औं मिनेटमा जन जागृतिका मनोज चौधरीले विवेक पुनलाई लडाएपछि पाएको पेनाल्टीमा मदन भण्डारीका कप्तान अशिम गुरुङ गोल गर्न चुके । उसको प्रहार जन जागृतिका गोलरक्षक दिलमनि चौधरीले बचाएका थिए । प्रतियोगितामा पहिलो ह्याट्रिक गरेका जन जागृतिका विवेक चौधरी खेलको म्यान अफ दि म्याच चुनिए । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे ।

अब सेमिफाइनल प्रवेशका लागि जन जागृतिले थ्री स्टार क्लबको सामना गर्नेछ । थ्री स्टारले पहिलो चरणमा वाई पाएको छ । प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार गोर्खा ब्वाईज रुपन्देही र सुनौलो संगम वुटबलबीच प्रतिस्पर्धा हुने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x