अनुहारमा अधिक फेशियल गराउनुहुन्छ ? देखिन सक्छन् यी असर

कयौँ युवती तथा महिला अनुहार मुलायम बनाउन फेशियल गराउँछन्। तर, आवश्यकता भन्दा धेरै फेशियलले अनुहारलाई हानी पु-याउन सक्छ।

छिटोछिटो फेशियल गराउँदा अनुहारको स्किन खराब हुन थाल्छ। 


Advertisement

आवश्यकताभन्दा बढी फेशियल गराउँदा यी समस्या अनुहारमा यी समस्या देखिन सक्छन्।

अनुहार चिलाउनु : अनुहारमा फेशियल गराउँदा कयौँ प्रकारका केमिकलयुक्त क्रीमको प्रयोग गरिन्छ। यी क्रीम सबैलाई सूट नहुन पनि सक्छ।


Advertisement

क्रीमका कारण स्किनमा चिलाउने समस्या हुनसक्छ। केमिकलयुक्त क्रीम अनुहारका लागि हानिकारक हुन्छ।

अनुहार रातो हुनु : फेशियल गराउने क्रममा अनुहारमा धेरै स्क्रब र मसाज गरिन्छ। गलत मसाजका कारण अनुहारको त्वचा रातो हुनसक्छ। र, यसले कयौँ प्रकारका स्किन इनफेक्शन पनि हुनसक्छ।

दाना देखिनु : फेशियलपछि अनुहारमा रोमछिद्र खुल्छ। स्किनमा फेशियलपछि दाना आउन सक्छ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्