श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतिविरुद्ध मुद्दा

प्रतिकार्यात्मक तस्वीर।

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिरमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छिन् । 

रामबहादुर कार्कीको हत्या अभियोगमा प्रहरीले मृतककी श्रीमति सम्झना कार्कीलाई पक्राउ गरेको हो।


Advertisement

पक्राउ परेकी कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतबाट आज म्याद थप गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए।

गत माघ १७ गते भएको घटनामा मृतककी श्रीमतीको संलग्नता देखिएको भन्दै प्रहरीले उनलाई फागुन ८ गते पक्राउ गरेको थियो।


Advertisement

गत माघ १८ गते बिहान रामबहादुर कार्की घरमै सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए। श्रीमान मृत अवस्थामा फेला परेपछि श्रीमती सम्झनाले नै प्रहरीमा खबर गरेकी थिइन्।

प्रहरीले उक्त घटनामा मृतककी श्रीमती सम्झनाले प्रयोग गर्ने मोबाइलको ‘कल डिटेल रेकर्ड’ लगायतको विवरण निकालेर अनुसन्धान गर्दा आफ्नै श्रीमानई कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्