भारतमा बस दुर्घटनामा परी निधन भएकाप्रति दुःख व्यक्त

नेपाली काँग्रेसले तीर्थयात्राका लागि भारत गएका ६ जना नेपाली बस दुर्घटनामा परी निधन भएकाप्रति दुःख व्यक्त गरेको छ।

तीर्थयात्राका लागि भारत गएका कम्तीमा ६ जना नेपालीको यही फागुन ८ गते भारतको सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा मृत्यु भएको र केही गम्भीर घाइते भएका थिए। उनीहरुको निधनप्रति दुःख व्यक्त गर्दै काँग्रेसले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।


Advertisement

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत दुर्घटनामा जीवन गुमाएकाहरुको शव सहजरूपमा स्वदेश ल्याउने प्रबन्ध गर्न र घाइतेको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्