हुन्डाईले ल्यायो स्प्रिङ डिलाइट योजना

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले 'हुन्डाई स्प्रिङ डिलाइट' योजना ल्याएको छ ।

यस योजना मार्फत ग्राहकहरूले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरू प्राप्त गर्ने अवसर पाउनेछन ।


Advertisement

यस योजना अन्तर्गत ग्राहकहरूले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बीमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधासमेत प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । 


Advertisement

यस योजना निर्धारित समयका लागी मात्र लागू हुने कम्पनीले जनाएको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्