×

NMB BANK
NIC ASIA

नेप्से २ अंकले घट्यो

फागुन १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आइतवार उच्च अंकले बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार भने थामिएको छ ।

Muktinath Bank

आइतवार ७० अंकले बढेको नेप्से सोमवार २ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से सोमवार १.९६ ले घटेर १ हजार ५०२.१८  भएको छ । सेन्सेटिभ परिसूचक भने ०.४९ ले बढेर ३१८ मा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेप्से झिनो अंकले घटेपनि कारोबार रकम भने ३ अर्बमाथि रहेको छ । कूल १७९ कम्पनीको कूल ८३ लाख ४८ हजार २३४ कित्ता शेयर ३ अर्ब ४१ करोड ५ लाख १६ हजार २७८ बराबरको कारोबार भएको छ । 


Advertisment
Nabil box
Kumari

कारोबार भएका कूल १२ उपसमूहमध्ये सोमवार ३ उपसमूहको मात्रै शेयर बढेको छ । बैंकिङ ४.७६, उत्पादन २३.३९ र अन्य उपसमूह ९.०४ ले बढ्दा व्यापार १५.४२, होटल २२.६५, विकास बैंक १६.३२, जलविद्युत् ११.५८, वित्त २.३९, निर्जीवन बीमा २२०.८८, लघुवित्त ३२.०३, जीवन बीमा ४.७३ र सामूहिक लगानी कोष ०.०४ ले घटेको छ । 

Vianet communication
Laxmi Bank

कारोबारका आधारमा सोमवार एनएमबी शीर्ष स्थानमा रहेको छ । बैंकको २० करोड ४३ लाख ३४ हजार ७३ रुपैयाँ बराबरको कारोवार भएको छ । शिवम् सिमेन्ट १३ करोड ५ लाख २ हजार ७१३ रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनी १२ करोड २४ लाख ४२ हजार ७१४ रुपैयाँ, प्रिमियर इन्स्योरेन्स कम्पनी ११ करोड ८६ लाख ८६ हजार ६४२ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १० करोड ६४ लाख ६२ हजार ५९० रुपैयाँ, एनआईसी एशिया बैंक १० करोड ४४ लाख २० हजार ८०९ रुपैयाँ र हिमालयन डिस्टिलरी १० करोड २२ लाख ४ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक १०, मञ्जुश्री फाइनान्स ९.५७, युनियन हाइड्रोपावर ९.३८, आरएसडीसी लघुवित्त ६.७५, नेपाल हाइड्रो ६.२५, एनएमबी बैंक ४.४१ र नेपाल इन्भेस्टमेन्ट बैंकका शेयरधनीले ३.८८ प्रतिशतले कमाए । 

गुह्यश्वरी मर्चेन्ट बैंक ७.५३, प्रिमियर इन्स्योरेन्स ७.१५, पु्रडेन्सियल इन्स्योरेन्स ६.१९, सांग्रिला डेभलपमेन्ट बैंक ५.३१, सिभिल लघुवित्त वित्तीय संस्था ४.७४ र पोखरा फाइनान्सका शेयरधनीले ४.६५ प्रतिशतले गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x