×

NMB BANK
NIC ASIA

माथिल्लो तामाकोशीमा ढिलाइ

फागुन १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा तोकिएको समयमा नै पूरा नहुने अवस्था देखिएको छ ।

Muktinath Bank

आयोजनामा कार्यरत कर्मचारीका कारण असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लिएको लक्ष्य पूरा नहुने देखिएको हो । राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्य जति लम्ब्याउँदै गयो, त्यति नै आफूलाई आर्थिकरूपमा फाइदा पुग्ने कर्मचारीमा देखिएको मनोवृत्तिका कारण तोकिएको समयमा आयोजनाको निर्माण कार्य पूरा नहुने समस्या देखिएको स्थानीयवासीको आरोप छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीन वर्षअघिदेखि नै प्रत्येक वर्षको असार मसान्तमा आयोजनाको निर्माण कार्य पूरा हुन्छ भन्दै आएका कर्मचारीले आफ्नो जागिर लम्ब्याउने खेतीमा लागेको नागरिक समाजका अगुवा भवीन्द्र कार्कीले बताए ।


Advertisment
Nabil box
Kumari

'यसपटक पनि २०७७ साल असार मसान्तमा विद्युत् उत्पादन हुन्छ भन्ने ढाँटको खेती गरिरहेको छ', उनले भने, 'जनताले बुझाएको राजश्वको उपहास गर्दै तामाकोशी जलविद्युत् आयोजनालाई केही कर्मचारीले ठगी खाने भाँडो बनाएका छन् ।'

Vianet communication
Laxmi Bank

उनले जनताले खाइनखाइ जगेर्ना गरेको शेयर रकमको समेत बेवास्ता गरिएको बताउँदै आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको तल्लो ठाडो सुरुङ र माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने काममा ढिलाइ भइरहेको छ, भने ।

दोलखाली जनताले नबुझेर आफूहरुलाई आरोप लगाएको र यो आरोप सत्य नभएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले दाबी गरे । उनले भने, 'पटक पटक जनतालाई ढाँटे पनि कुनै बाधा–व्यवधान नआए २०७७ साल असार मसान्तभित्र विद्युत् उत्पादन हुन्छ ।' ्

'वैशाख महिनाभित्र तल्लो र माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने काम गरिसक्छौं', उनले भने ।

नौ महिनाको अवधिमा जम्मा ३०० मिटरमात्र पेनस्टक पाइप जडान सम्पन्न हुनुले असार मसान्त सम्ममा परीक्षण उत्पादन शुरू हुने कुरा प्राविधिक र व्यावहारिक रुपमा पनि असम्भव देखिएको छ ।

आयोजनाको लागत रु ७० अर्ब माथि पुग्ने अनुमान प्रवक्ता न्यौपानेको छ । उनका अनुसार अहिलेसम्म आयोजना निर्माणमा करीब रु ५० अर्ब खर्च भइसकेको छ ।

डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज, प्रशासनिक खर्च लगायतका कारण आयोजना पूरा हुँदा आयोजनाको लागत रु ७५ अर्बभन्दा केही बढी हुन सक्ने प्रवक्ता न्यौपानेले बताए ।

समग्रमा आयोजनाको प्रगति ९९ दशमलब चार प्रतिशत पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जनाएको छ ।

आजसम्ममा ३७३ मिटरको तल्लो ठाडो सुरुङमा २२० मिटर र ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा १३० मिटर पेनस्टक पाइप जडान भइसकेको प्रवक्ता न्यौपानेको भनाइ छ । 

लट २ को हाइड्रो मेकानिकलको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनीयरिङले काममा ढिलाइ गरेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, टेक्सम्याको र एन्ड्रिजबीचमा त्रिपक्षीय सम्झौता भई तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम एन्ड्रिजलाई दिइएको थियो भने माथिल्लो ठाडो सुरुङमा टेक्सम्याकोले नै पेनस्टक पाइप जडानको काम गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

सुरुङ तथा पेनस्टक पाइपको परीक्षण सफल गरी असार मसान्त सम्ममा विद्युत्गृहमा जडान गरिएका ६ युनिटमध्ये एक युनिटबाट परीक्षण उत्पादन शुरु गर्ने र बाँकी पाँचै वटा युनिटमा गर्दा असोज महिना लाग्ने उनको भनाइ छ ।

आयोजनाको विद्युत् गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । आयोजना आगामी असोजभित्र सम्पन्न गर्ने तयारी छ । दीपशंकर चौलागाई/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x