नेपाल चिकित्सक संघले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा गैरचिकित्सक नियुक्त गरेको भन्दै आपत्ति जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ फागुनमा स्वास्थ्य सेवा विभागको महेन्द्र श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा नियुक्त गरेपछि संघले सोमबार विज्ञप्ति जारी गरेर आपत्ति प्रकट गरेको हो। विभागको निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेका डा रोशन पोखरेलको मन्त्रालयमा सरुवा भएको थियो।
विज्ञप्तिमा भनिएको छ, ‘‘स्वास्थ्य सम्बन्धी नीति तथा योजना तर्जुमा गर्नुका साथै चिकित्सक परिचालन तथा व्यवस्थापन जस्तो महत्वपूर्ण जिम्मेवारी भएको विभागमा गैर चिकित्सकको नेतृत्व आउनुले सम्रग चिकित्सकहरुको मनोबल गिर्ने संघको ठहर छ।’
स्वास्थ्य सेवा विभागको नेतृत्व चिकित्सकले नै गर्ने परम्परा रहेको छ। यद्यपि स्वास्थ्य नियमावलीमा चिकित्सक नै हुनुपर्ने स्पष्ट उल्लेख छैन । यद्यपि, महानिर्देशक १२औँ तहको हुने व्यवस्था छ ।
लोकान्तर संवाददाता