×

NMB BANK
NIC ASIA

ट्रम्पको भारत भ्रमण : सार कम, तामझाम धेरै !

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दुईदिने भारत भ्रमणको पहिलो दिन गमक्क फुल्नका लागि अनेकौं अवसर पाएका छन् । वाशिङटन र नयाँ दिल्लीबीच अनेकौं मतभेद रहे पनि भ्रमणको पहिलो दिन तामझामले झपक्कै छोपेको थियो । 

Sagarmatha Cement
Muktinath Bank

सोमवार भारतीय भूमिमा टेकेदेखि बेलुका राजधानी दिल्लीमा होटेलको प्रेसिडेन्सियल सुइटसम्म ट्रम्पले आफ्नो वरिपरि स्वागतका लागि पंक्तिबद्ध मानिस मात्र देखे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहमदाबादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्प र उनकी पत्नी मेलानियालाई एयर फोर्स वान विमानको भर्‍याङमै पुगेर स्वागत गरे । त्यसपछि ट्रम्पको प्रतिनिधिमण्डललाई महात्मा गान्धीको साबरमती आश्रम लगियो अनि उनले आफ्नो राजनीतिक करीयरको सबभन्दा ठूलो सम्बोधन गरे । 


Advertisment
Nabil box
Kumari

विमानस्थलबाट मोटेरा क्रिकेट स्टेडियमसम्म ट्रम्पको सवारी चल्दा दशौं हजार मानिस सडकका दुवै छेउमा उभिएका थिए । एक लाख मानिस अटाउने स्टेडियममा ट्रम्प आइपुग्दा भीडले हर्षबढाइँ गरेको थियो । हजारौं भारतीयहरूले ‘नमस्ते ट्रम्प’ लेखिएको सेतो टोपी लगाएको देख्दा ट्रम्पले त्यसलाई देखाएर अमेरिकामा रहेका ४४ लाख भारतीय मूलका मानिससँग मत माग्न सक्ने सम्भावना छ । 

Vianet communication
Laxmi Bank

अमेरिकी विश्लेषकहरूले यस महाभेलालाई राष्ट्रपतिको चुनावी अभियान नै मानेका छन् । ‘राष्ट्रपति ट्रम्प संसारको अर्को कुनामा पुगेर ३६ घन्टासम्म दौडादौड किन गरिरहेका छन् ?’ द वाशिङटन पोस्टका एश्ले पार्करले सोधे । ‘संकेत : विशाल भीड ! हामीले भीडको उल्लेख गर्‍यौं ?’

ट्रम्पको भाषण शुरू हुनुअघि लाउडस्पीकरबाट रेस्लिङको थिममा ‘माचो म्यान’ को धुन बजेको थियो । कार्यक्रममा गएका एक व्यक्तिले एनपीआर पत्रिकालाई यो ‘कन्सर्ट भएको तर राजनीतिक नेताहरूका लागि’ भने । 

यो र्‍याली कुनै कन्सर्ट हुन्थ्यो भने ट्रम्पले भीडलाई खुशी बनाउने अवसर गुमाएनन् । मोदीलाई उनले ‘मेरो सच्चा साथी’ भने अनि मोदीले अहमदाबादमा चिया बेचेको दिनदेखि प्रधानमन्त्रीको पद सम्हालेसम्मको कुरा झिकेर प्रशंसा गर्दै उनले ‘उग्र इस्लामिक आतंकवाद’ विरुद्ध लडिरहेको बताए । 

तर ट्रम्पले पाकिस्तानसँग ‘एकदमै राम्रो सम्बन्ध’ रहेको बताएपछि भीड चुप लाग्यो । पछि ट्रम्पले ३.५ अर्ब डलरको रक्षा सम्झौताको कुरा गरे र मंगलवार त्यसमा हस्ताक्षर हुने सम्भावना छ । यी दुई देशबीचको संयुक्त सैन्य अभ्यास भएको महिनौंपछि ट्रम्पले ‘भारतलाई यस ग्रहकै सबभन्दा उत्कृष्ट र त्रासद सैन्य उपकरण’ उपलब्ध गराउने प्रतिज्ञा गरे । अनि उनले भारतका खेलाडी र चलचित्र कलाकारको उल्लेख गर्दा भीडले बेस्सरी ताली बजायो । 

ट्रम्पले लामै भाषण दिए र सही शब्द बोले । उनी ताजमहल हेर्न आगरा जाँदा भ्रमणको नाटकीयता कायम रह्यो । फोटो खिचाउँदै उनले १७औं शताब्दीमा बनाइएको ताजमहल ‘समृद्ध र वैविध्यपूर्ण भारतीय संस्कृतिको कालजयी प्रमाण’ भएको बताए । 

यी सबै हेर्नमा रमाइला कुरा थिए । तर ट्रम्प मंगलवार अमेरिका फर्किंदा वाशिङटन र दिल्लीबीच रहेका केही समस्याहरू समाधान हुने छैनन् । ट्रम्प प्रशासनले गत जुन महिनामा भारतलाई व्यापार प्राथमिकताको सूचीबाट हटायो । नयाँ दिल्लीलाई अमेरिकी सामानमाथिको कर हटाउनका लागि दबाब दिन उक्त निर्णय लिइएको थियो । त्यो कदम प्रत्युत्पादक बन्यो र भारतले दर्जनौं अमेरिकी उत्पादनमा कर लगायो । 

अनि व्यापार सम्झौताको कुनै टुंगो छैन । ट्रम्पले ‘पछि हुने ठूलो सम्झौता’ का लागि विस्तृत विवरण थाती राखेको बताएका थिए । अनि सोमवार भीडका सामु उनले सहमतिहरू ‘प्रारम्भिक चरणमा’ रहेको बताए । 

आर्थिक प्रतिबन्धको धम्की दिएर समेत मोदी सरकारलाई रुसमा बनेको एस–४०० एयर डिफेन्स सिस्टम किन्नबाट रोक्न ट्रम्प प्रशासनले सकेको छैन । भारतले इरानबाट तेल आयात गर्न समेत छोडेको छैन र अमेरिका तथा भारतबीचको विवादको जड हो । 

ट्रम्प र मोदीले मंगलवार व्यापार तथा रणनीतिक मतभिन्नतालाई समाधान गर्नका लागि कदम चाले भने पनि भारतीयहरूले बन्द ढोकामा गरिएको सहमतिलाई सम्झने छैनन् । बरू दर्शकहरूले भीड, बधाई दिनका लागि गरिएका सम्बोधन र दुई नेताबीचको सुसम्बन्धलाई सम्झनेछन् । 

आरटीमा प्रकाशित आशिष शुक्लको विश्लेषण
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x