×

NMB BANK
NIC ASIA

दुई वर्षभित्र नवलपरासीमा पाँचवटा मोटरेबल पुल

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश नं ५ सरकारले दुई वर्षभित्र पश्चिम नवलपरासीका विभिन्न स्थानमा पाँचवटा ठूला मोटरेबल पुल  निर्माण गर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यसका लागि झण्डै आधा अर्ब बजेट विनियोजन गरिएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रामग्राम र सुनवल नगरपालिकाका विभिन्न स्थानमा बन्ने ती पुलमध्ये तीन वटाकोे शिलान्यास तयारी भएको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

सुनवलको बेलारी खोला, वनकट्टी र छडेनी जोड्ने झरही खोला  तथा रामग्रामको देउरवा र रामग्राम स्तूप जोड्ने झरही खोलामा पुल बन्दैछन् । यसको ठेक्का प्रक्रिया सम्पन्न भई सकेका छन् ।

Vianet communication
Laxmi Bank

अन्य दुईवटा पुल पनि ठेक्का प्रक्रियामा रहेकाले चैतमा शिलान्यास हुने उनले बताए ।

उनका अनुसार रामग्राम नगरपालिका–७ स्थित देउरवा गाउँ र  गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप जोड्ने गरी झरही खोलामा पुल निर्माण हुनेछ ।

यो पुलले रामग्राम नगरपालिकाको बैकुण्ठपुरदेखि उजैनी गाउँलाई जोड्नेछ । यहाँ पुल निर्माण भएपछि पूर्वपश्चिम राजमार्गको हरकट्टादेखि सिधै रामग्राम स्तूप पुग्न सहज हुने मन्त्री चौधरीले जानकारी दिए ।

यहाँ पुल नहुँदा बर्सातको समयमा स्थानीय देउरवा गाउँका बासिन्दालाई सदरमुकाम परासी आवातजावत गर्न तथा उजैनी गाउँमा अध्ययन गर्न आउन–जानका लागि विद्यार्थीलाई समस्या रहेको स्थानीयवासी शम्भु उपाध्यायले जानकारी दिए ।

'वर्षौंदेखि यहाँ पुल नहुँदा हामीलाई धेरै समस्या थियो, विद्यार्थी पढाइ नै छोडेर बस्नुपर्ने अवस्था पनि छ, किनमेल तथा अन्य कामका लागि पनि वैकल्पिक लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता थियो, अहिले पुल निर्माण हुन लागेपछि यहाँ खुशियाली नै छाएको छ', उनले भने ।

३५ मिटर लम्बाइको उक्त पुल निर्माणका लागि भ्याटसहित रु ६ करोड ६२ लाखमा एम/एस आसियाटिक र प्रदीप जुम्ली जेभी कम्पनीले निर्माणको जिम्मा पाएको छ । 

रामग्राम नगरपालिकाकै घिनाहा र शुक्रौली जोड्ने गरी तुरिया खोलामा पनि मोटरेबल पुल निर्माण हुँँदैछ । यहाँ पुल निर्माणका लागि रु १२ करोड बजेट विनियोजन गरिएको छ । पुल निर्माणका लागि ठेक्का प्रक्रिया शुरू भइसकेको जनाइएको छ ।

यस्तै सुनवलमा तीनवटा पुल निर्माण हुनेछन् । सुनवल बजारदेखि पर्यटकीयस्थल महलपोखरी जोड्ने गरी बेलारी खोलामा मोटरेबल पुल निर्माण हुनेछ । यो पुलका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

यहाँ पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई सुनवल बजार आवत–जावत गर्न तथा महलपोखरी पुग्ने पर्यटकलाई सहज हुने सुनवल नगर उपप्रमुख दधिराम अर्यालले जानकारी दिए ।

यो पुलले नवलपरासी र पाल्पाको पहुँचलाई पनि विस्तार गर्नेछ । 

सुनवलकै वनकट्टी र छडेनी जोड्ने गरी झरही खोलामा पुल निर्माण हुनेछ । यसका लागि रु तीन करोड बजेट विनियोजन गरिएको जनाइएको छ ।

यहाँ पुल निर्माण भएपछि वनकट्टीका बासिन्दालाई परासी आवत–जावत गर्न तथा छडेनीका बासिन्दालाई सुनवल नगरपालिका आउन–जान सहज हुनेछ भने छडेनीबाट वनकट्टी पढ्न जाने विद्यार्थीलाई सहज हुनेछ । 

पुल नहुँदा बर्सातको समयमा वनकट्टी पढ्न जानुपर्ने विद्यार्थी तीन महिना पढाइबाटै वञ्चित हुनु परेको बताउँदै स्थानीयवासी लतिदुन नेसाले भने, 'अहिले हामी धेरै खुशी छौँ, अब यी समस्या समाधान हुने आश छ ।'

प्रदेश सरकारले यसै वर्ष सुनवलको खुटहट र रामग्रामको डैनहवा जोड्ने गरी तुरिया खोलामा पनि पुल निर्माण गर्ने जनाएको छ ।  यो पुलका लागि पनि रु १२ करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x