अब अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेतालाई मासिक भत्ता

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले मासिक भत्ताको प्रबन्ध गरेको बताएका छन्।

पोखरा महानगरपालिका–१७ दोविल्लामा सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको मंगलबार अवलोकन गर्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई जीवनभर मासिक  पाँच हजार तथा ओलम्पिकमा सहभागिलाई मासिक चार हजारका दरले भत्ता प्रदान गर्ने नीति सरकारले बनाएको उल्लेख गरे।


Advertisement

सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउँदै उनले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) का विजेता खेलाडीलाई दिइने पुरस्कारबापतको रकम मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेकाले खेलाडीले खेल कौशल प्रदर्शन गरेर नै जीवन निर्वाह गर्ने अवस्था आएको स्पष्ट पारे।
 


Advertisement

कमेन्ट गर्नुहोस्