डेब्यू खेलबारे भारतीय बलर बुमराहले गरे यस्तो खुलासा

भारतीय बलर जसप्रीत बुमराहले महेन्द्रसिंह धोनीलाई लिएर एक खुलासा गरेका छन् ।

जसप्रीत बुमराहले आफ्नो डेब्यू म्याचलाई लिएर धोनीको सल्लाहबारे केही भनेका छन् ।


Advertisement

उनले सन् २०१६ मा अस्ट्रेलियाविरुद्ध पाँच म्याचको एक दिवसीय सिरिजको अन्तिममा खेलमा डेब्यू गरेका थिए ।

भारतले सिरिज गुमाइसकेको अवस्थामा बाँकी एक खेल सम्मान बचाउन खेल्न खेल्दै थियो । उक्त म्याचमा भुवनेश्वर कुमार घाइते भएकाले बुमराहले डेब्यू गर्ने मौका पाएका थिए ।


Advertisement

डेब्यू खेलमा धोनीले आफूलाई दिएको सल्लाहबारे बुमराहले भनेका छन्, 'त्यो बेला मेरो अगाडि कोही पनि आएका थिएनन् । कसैले मलाई केही भनेनन् । तर धोनी मेरो अगाडि आए । अनि भने, तिमी जस्तो छौ, त्यस्तै रहु । खेललाई इञ्जोए गर ।'

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्