कोरोनाभाइरसका कारण चीन र जापानबीच सम्बन्ध सुध्रिँदै

‘हामीहरू विभिन्न ठाउँमा बसे पनि एउटै आकाशमुनि बस्ने हो,’ जापान युथ डेभलपमेन्ट एसोसिएसनले चीनलाई पठाएको फेस मास्क र थर्मोमिटरको बाकसमा यस्तो श्लोक लेखिएको छ । 

लगभग १३ सय वर्षअघि जापानी सम्राटका नातिले उक्त कवितांश गानजिन नामक उच्च दर्जाका चिनियाँ साधुलाई पठाएका थिए । त्यसपछि उनलाई जापान गएर बौद्ध धर्म फैलाउन प्रेरणा प्राप्त भयो । 


Advertisement

त्यतिखेर कविताले छोएजस्तै अहिले पनि यस कवितांश चिनियाँ सामाजिक सञ्जाल वीबोमा भाइरल बनेको छ । जापानका पूर्व प्रधानमन्त्री युकियो हातोयामाले पनि ट्विटरमा यसलाई शेयर गरे । 

चीनमा कोरोनाभाइरसका कारण २७ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ र ८० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यस्तो बेलामा चीनलाई जापानले सहयोग गरिरहेको छ । फेब्रुअरी महिनाको आरम्भमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता गेङ शुआङले चीनलाई सहयोग गरेकोमा जापानको प्रशंसा गरे । 


Advertisement

उता अमेरिकाले चाहिँ चाहिने भन्दा बढी प्रतिक्रिया दिएको र वुहानबाट आफ्ना कर्मचारीलाई हटाएर अनि चिनियाँ यात्रीलाई आफ्नो देश आउन नदिएर डर फैलाएको आरोप गेङले लगाए । 

जापानी कविताले चीन र जापानबीचको पुरानो शत्रुतामा कमी आएको संकेत दिएको छ । 

आगामी अप्रिल महिनामा चीनका राष्ट्रपति सी चिनफिङले जापानको राजकीय भ्रमण गर्न लागेका छन् र दुवै देशले कोरोनाभाइरसका कारण यो भ्रमण स्थगित नगरिने भनी जोड दिएका छन् । यसबाट पनि संसारको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्रको सम्बन्ध थप गहिरिने देखिएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्