बैंक अफ काठमाण्डू लिमिटेडको बिओके स्मार्टको टपअपमा २५% नगद फिर्ता योजना

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके स्र्माट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोस्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकले कारोबार रकमको २५% नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ ।

ग्राहकले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्नेछ ।


Advertisement

बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानीमै आम्दानी भन्ने मूल नाराका साथ सार्वजनिक गरेको योजना सीमित अवधिको लागि मात्र भएकाले छिट्टै लाभ लिन ग्राहकलाई अनुरोध गरेको छ । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्