×

NMB BANK
NIC ASIA

विमानमा चुरोट पिउन नदिएपछि यात्रुले दिइन् सबैलाई मारिदिने धम्की

फागुन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जर्मनीको फ्य्रांकफर्ट विमानस्थलबाट युनाइटेड एयरलाइन्सको विमानमा भर्जिनियास्थित डल्लेस अन्तर्राष्ट्रिय विमानस्थल गइरहेकी एक महिला यात्रुले विमानमा भएका सबैलाई चक्कु हानेर मारिदिने धम्की दिएकी छन् । उनले एयर मार्शल र विमान कर्मचारीसँग पनि झगडा गरेकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

दाना गाजी मुस्तफा नामक ती महिलाले शनिवार विमानमा ताण्डव मच्चाएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती २७ वर्षीया महिलालाई विमानको बाथरूममा लाइटर लिएर गएको अनि स्मोक अलार्मलाई निभाएको एक एयर मार्शलले देखे । 


Advertisment
Nabil box
Kumari

मार्शलले उनलाई रोक्न खोज्दा महिलाले उनीमाथि आक्रमण गरेकी थिइन् । 

Vianet communication
Laxmi Bank

त्यसअघि विमान कर्मचारीहरूले शौचालय बाहिर स्मोक टिटेक्टर निभाइएको संकेत पाए अनि मुस्तफालाई भित्र देखे । 

उनलाई उडानका बेलामा चुरोट पिउन नपाइने कुरा बताउँदै सीटमा फर्किन भनियो । सीटमा फर्केपछि मुस्तफाले छटपट गरिन् अनि फेरि शौचालय जान खोजिन् । 

पछि उनी चिच्याउन थालिन् र विमान कर्मचारीहरूलाई परिवार हेर्न घर जान लागेको र परिवारका मानिसको गाडी दुर्घटनामा मृत्यु भएको बताइन् । 

उनलाई शान्त बनाउन अर्को सीटमा राखिएको थियो । 

अर्को सीटमा उनले सीटको टीभी मोनिटरमा हिर्काइन् र सिक्का फ्याँकिन् । 

पछि उनी उठिन् र विमानको पछिल्तिरको भागमा गएर लाइटर बालिन् । 

उनको लाइटर देखेका एक एयर मार्शलले उनमा रक्सीको गन्ध सुँघेको बताए । 

लाइटर लिएर शौचालय जान खोज्ने मुस्तफालाई दुईजना एयर मार्शलले रोक्न खोजेका थिए तर उनले एकजनालाई घुँडामा हिर्काइन् । 

विमान भर्जिनियामा ओर्लिएपछि एफबीआई एजेन्टहरूले मुस्तफालाई पक्राउ गरे । परिवारको दुर्घटनाको कथा झूटो भएको उनले स्वीकारिन् । 

नर्थ क्यारोलाइनामा बस्ने मुस्तफालाई संघीय अधिकारीमाथि आक्रमण गरेको आरोप छ । दोषी ठहर भएमा उनले आठ वर्ष कारावासमा बस्नुपर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x